अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को दोधारा चाँदनीमा वडा कमिटि गठन

दोधारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को प्रथम वडा कमिटि दोधारा चाँदनी नगरपालिकामा गठन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को प्रथम वडा कमिटि गठन भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा जगदिश सुनारको संयोजकत्वमा २९ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) वडा कमिटि गठन भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् ।

चयन भएका सबै नव पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना समेत दिईएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) दोधारा चाँदनीका नगर उपाध्यक्ष बिशाल सुनारको अध्यक्षतामा संचालन भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को वडा कमिटि गठन कार्यक्रमका प्रमुख अतिथी नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमाल, नेकपा माओबादी केन्द्र जिल्ला सदस्य धनसरा नाथ, नेकपा माओबादीका गिता कुमाल, चन्द्रकला सुनार, ओम बहादुर सुनार लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार