पोखरीमा डुबेर मृत्यु

कैलाली: टिकापुर नगरपालिका-४ बाघमारा बस्ने ४५ वर्षीय लिखराम चौधरीको माछा मार्ने क्रममा पोखरीमा डुबेर बिहीबार राति मृत्यु भएको छ ।

लिखराम,  सोही ठाउँ बस्ने सन्तराम चौधरी र सोही नगरपालिका-३ पुछ्रि बस्ने ३० वर्षीय शिव नारायण चौधरी सोही नगरपालिका-१ ब्लक नम्बर ९ बस्ने मोहन साउँदको माछा पोखरीमा माछा मार्न गएको अवस्थामा डुबेर गम्भीर घाइते भएका लिखरामको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको सोधपुछका लागि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार