संघ सरकारले बृद्धि गरेको तलब नदिएको भन्दै शिक्षक संगठनद्वारा भत्र्सना


कञ्चनपुर : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो संघीय सरकारले चालु आर्थिक बर्ष २०७८/०७९ को बजेट वक्तव्य मार्फत सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि गर्दै ६ हजारबाट सिधै १५ हजार पु¥याउने घोषणा गरेको थियो । अघिल्लो सरकारले विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकाको बृद्धि गरेको तलब देउवा सरकारले निरन्तरता दियो । तत्कालिन अर्थमन्त्री विष्णू पौडेलले बजेटको २१६ बुँदामा प्रारम्भिक बाल विकासका शिक्षिका र विद्यालय कर्मचारीका लागि सरकारले निर्धारण गरे बमोजिक न्यूनतम मासिक १५ हजार पु¥याउँने घोषण गरिएको थियो ।

संघ सरकारले ६ बाट २ हजार बृद्धि गर्दै ८ र संघबाटै पालिकालाई दिने डल्लो बजेट मार्फत ७ हजारका दरले थप्ने गरि कुल ५ अर्ब ५५ करोड विनियोजन गरिएपनि कञ्चनपुरका केही पालिकाले संघ सरकारको निर्णय पालना गरेपनि केहीले उलङघन गरेका छन । र्संघ सरकारले दिएको बजेट अनुरुप तलब दिन आनाकानी गरेको भन्दै शिक्षक संघ संगठनले भत्र्सना जनाईरहेका छन । एकिकृत अखिल नेपाल शिक्षक संगठनले बेदकोट नगरपालिकाले चालु बर्षको पहिलो चौमासिकमै साविक तलब भत्ता मात्रै निकासा गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाबाट प्राप्त हुने प्रोत्साहन भत्ता समेत निकासा नभएकाले निजी स्रोतका शिक्षक, वालविकास शिक्षिहरुमा निरासा ल्याएको जनाएको छ । ‘देशका धेरैजसो स्थानीय तहले निजिस्रोत शिक्षकलाई नगर/गाँउ शिक्षक घोषणा गरि सम्मानजनक तलब भत्ताको व्यवस्था गर्दै जिम्मेबारी बहन गरेका छन, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ । तर, ‘बदेकोट नगरपालिकाले उक्त कार्य गर्नुको साटो प्रोत्साहन भत्ता पनि शिक्षक विदार्थी अनुपातका आधारमा प्रदान गर्नेै निर्णय दुःखतपूर्ण भएकाले हाम्रो संगठनले ठहर रहेको छ ।’

एकिकृत अखिल नेपाल शिक्षक संगठन बेदकोटका अध्यक्ष गणेश बहादुर धानुक र सचिव लोक बहादुर पातलीले हस्ताक्षर गरेको विज्ञप्तीमा वालविकास शिक्षक, विद्यालय कर्मचारी, निजीस्रोत शिक्षक तथा शिक्षण अनुदानमा आधारित शिक्षको मागलाई यथाशिघ्र समाधान नगरि आन्दोलनको चेतावनी दिएको छ । चालु आर्थिक बर्षको बजेटमा विद्यालय कर्मचारी र बाल विकासका शिक्षकका लागि संघ सरकारले गरेको निर्णय कार्यान्वयन गरेको भन्दै सस्तो लोकप्रियताका लागि बेदकोट नगरपालिकाले प्रचारबाजी गरेपनि अहिले दिन आनाकानी गरिरहेको विद्यालय कर्मचारीको दुखेसो छ । बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले संघ सरकारले खाली बजेट मार्फत घोषणा मात्रै गरेको र निर्देशन नदिएकाले साविक तलब खुवाएको बताए । ‘बजेट कहाँबाट दिने बारे संघ सरकारले स्रोत एकिन गरेको छैन, ‘उनले भने, ‘उतैबाट दिने हुन कि, हामीले पालिकाबाट थप्ने हो ।’ राजनीतिक पुर्वाग्रही ढङगले बेदकोटले संघ सरकारले गरेको निर्णय कार्यान्वयन गर्न आलटाल गरिएको शिक्षक संघ संगठनको भनाई छ । लामो समयदेखि विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकाले न्यूनतम तलबमा सरकारी काम गर्दा समेत दल र तिनका नेता कार्यकर्ताहरुले पीडा नबुझेको भन्दै आक्र्रोस व्यक्त गरेका छन । कसै कसै मेयर, उप प्रमुख, वडाध्यक्ष एव जनप्रतिनिधीले आफ्नै खल्तीबाट तिनुपर्ने जस्तो लोभ गरेर संघ सरकारले तोकेको पारिश्रमिक दिन नखोजेको भन्दै विद्यालय कर्मचारीले आपत्ती जनाएका छन ।

विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकाले जनप्रतिनिधीले सामुदायिक विद्यालयको गुणस्तर खोज्ने अर्कातिर सघ सरकारले बृद्धि गरेको बजेट नदिने प्रवृति गलत भएको टिप्पणी गरेका छन । कञ्चनपुरका केही स्थानीय तहले संघ सरकारले विनियोजन गरे अनुरुप तलब दिएको केहीले दिन आनाकानी गरेको भन्दै विद्यालय कर्मचारी, बाल विकासका शिक्षिकाले यस्तो विभेद नगर्न आग्रह गरेका छन । भ्रष्टाचार गर्न बजेट हुने निम्न कर्मचारीलाई संघ सरकारले दिएको तलब दिन आनाकानी गर्ने भन्दै बजेट बिनियोजन नगरेका पालिका बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन । नेपाल बाल विकास शिक्षक संगठनका केन्द्रीय सचिव रमा उपाध्यायले संघीय सरकारले नै त्रृटि गरेको बताए । ‘संघीय सरकारले नै विद्यालय कर्मचारी र बाल विकासका शिक्षकलाई अन्यौलतामा पारेको छ, ‘उनले भनिन, ‘सिघै बजेट मार्फत १५ हजार वा सो भन्दा बढि केन्द्रबाटै बजेट बिनियोजन हुनुपथ्यो ।’


ताजा समाचार

spot_img