दोधारा । बडवाल टोलका बादी घरपरिवार जग्गाको छानबिन समितिले प्रतिबेदन बुझाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा बसोबास गर्दै आएका बादी घरपरिवारको जग्गा छानबिन समितिले दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई आज छानबिन प्रतिबेदन बुझाएको हो । तत्कालिन माओबादी र नेपाल सरकारको बिच भएको द्धन्द्धको बेला ५ बादी घरपरिवारहरु आफु सुरक्षित नभएको भन्दै आफ्नो जग्गा र घर छोडेर जहान परिवार संग भारत पलाएन भएका थिए । सरकारले सुकुम्वासी र घरवारबिहिनहरुलाई जग्गा दिने ंघोषणा गरे संगै उनिहरु फर्केर आफ्नो जग्गा खोज्दै बडवाल टोल पुगेका हुन् । उनिहरु झण्डै ६ महिना अघि मात्र बडवाल टोल पुगेर आफ्नो जग्गा पाँउ भन्दै सम्बन्धीत निकायहरुमा हारगुहार गर्दै आएका हुन् ।

बादी घरपरिवारहरुले बिगतका दिनहरुमा आफुले भोगचलन गरेको जग्गामा बिद्यालय र केही ब्यक्तहरुले कब्जा गरेको बताएका छन् । झण्डै एक महिना अघि मात्र दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले बादी घरपरिवारको जग्गा भए, नभएको पत्ता लगाउन दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारको संयोजकत्वमा एक टोली गठन गरि बादी घरपरिवारको जग्गा छानबिन कार्य प्रारम्भ गर्न निर्देशन दिएको थियो । छानबिन समितिका सदस्यमा दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्ट, वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, कार्यपालिका सदस्य नन्दलाल सुनार, नगरपालिकाका कर्मचारी आनन्द प्रसाद भट्ट रहेका थिए । छानबिन समितिले बडवाल टोलमा पुगेर स्थलगत अनुगमन गरेको हो । उनिहरुले बादी घरपरिवार, स्थानिय, गणेश आधारभुत बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी लगाएत सबै सरोकारवाला संग भेट गरि तत्कालिन नेकपा माओबादी केन्द्र र सरकारको बिच भएको द्धन्द्ध बेला बादी घरपरिवारको जग्गा भए नभएको र बादी घरपरिवारले जग्गा बिक्रि गरेको नगरेको तथ्य बिबरण संकलन गरि प्रतिबेदन तयार गरेको हो । संकलन पश्चात प्रतिबेदन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई बुझाएको बादी घरपरिवार जग्गा छानबिन समितिका संयोजक भक्त बहादुर सुनारले बताएका छन् । ‘हाम्रो टोलीले निश्पक्षरुपमा छानबिन तथ्य प्रतिबेदन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतज्युलाई बुझाएका छौं’ दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा बादी घरपरिवार जग्गा छानबिन समितिका संयोजक भक्त बहादुर सुनारले भने । एथासक्य कार्यपालिकाको बैठकमा बादी घरपरिवारको छानबिन प्रतिबेदन पेश गर्ने दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले बताएका छन् । बडवाल टोलको बाटो छेउमा भारतबाट आएर बसेका बादी घरपरिवारहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (बडवाल टोल) नजिक घरबास गर्नै भने पछि उनिहरुले त्रिपालले छाएको टहरामा बस्दै आएका छन् ।

