पुनर्वासबाट लागुऔषध सहित दुई युवक पक्राउ

पुनर्वास: कञ्चनपुरकाे पुनर्वासबाट माेटर साईकल सहित गोदावरी नगरपालिकाका दुई जनालाई पक्राउ गरेको छ । मंगलबार सशस्त्र प्रहरी बल बिओपी पुनर्वासले सिमावर्ती बजार भारतको मिलन बजारबाट ३०० ट्याबलेट लागू लागुऔषध नेपाल भित्र्याउदै गरेकाे अवस्थामा पुनर्वास वार्ड नं. ६, ङ गाउँबाट उनीहरुलाई पक्राउ गरेकाे हो।

पक्राउ पर्नेमा से ७ प ६३२१ मोटरसाईकलमा सवार कैलाली जिल्लाकाे गाेदावरी नगरपालिका वार्ड नं. २ आदर्श टाेल बस्ने १९ बर्षिय हेमन्त भट्ट र २० बर्षिय भिम साउँद रहेका बिओपी पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक निम प्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीकाे जिम्मा लगाईएकाे सशस्त्र प्रहरी निरिक्षक भण्डारीले बताए ।

ताजा समाचार