जंगली हात्तीले धानवाली नष्ट गर्न थालेपछि बडवाल टोलका किसान चिन्तीत

दोधारा । बडवाल टोलका स्थानियहरु जंगली हात्तीको कारण रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने स्थानियहरु आराम गर्ने सपना करिब एक महिना दिन देखि पूरा भएको छैन । कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडवाल टोलमा भारतिय जंगल संग जोडिएको बस्तीमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित भएका छन् । जंगली हात्तीको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडवाल टोलका स्थानियहरुले बताएका छन् । भारतिय जंगलबाट बस्ती भित्रिएको हात्तीको बथानले धानबाली नष्ट गर्न थालेपछि किसानहरु निकै चिन्तीत भएका छन् । हात्तीको हुल रातीको समयमा एकै साथ बडवाल टोल बस्ती पसेर दर्जनौं किसानहरुको धानबाली नष्ट गर्दै आएको स्थानियबासी लक्ष्मी रानाले बताएका छन् । ‘एक रातमा दर्जनौं किसानहरुको धानबाली खाएर उधनेर नष्ट गर्छ’ स्थानियबासी लक्ष्मी राना भन्छन् । मध्यरातमा आउने जंगली हात्तीका कारण आफूहरु ठुलो समस्यामा पर्दै आएको उनिहरुको गुनासो छ् । रातीको समयमा हात्तीले सुतेको घर नजिक आएर बितण्डा मच्चाउने गरेका कारण रातीको समयमा ज्यान जोगाउन समेत समस्या भएको स्थानियबासी लक्ष्मीको भनाई रहेको छ् । गएराती पनि नजिकको भारतिय जंगलबाट ५ वटा हात्तीले बिमला दमाई, रामु मगर, गिता सिंह ठकुरी, नर बहादुर मगर, बुदे दमाई, बिन्दु भाट, आशा राना क्षेत्री रत्ना गिरी लगाएत दर्जनौं किसानहरुको धान बाली खाएर, उधनेर नष्ट गरेको स्थानियहरुले बताएका छन् । रातीको समयमा बस्ती भित्रिने हात्तीको बथानले धानबाली नष्ट गर्न थालेपछि उनिहरुले हतार–हतारमा धानबाली काट्न थालेका छन् । हात्तीले धानबाली नष्ट गर्न थालेपछि स्थानिय किसानहरुलाई के खाने भन्ने चिन्ताले सताउन थालेको छ् । वर्षभरी मेहनतले लगाएको धानबाली एकै रातमा हात्तीको हुलले नष्ट गर्न थालेपछि किसानहरुलाई पर्नु पिर परेको छ् । नेपाल सरकारले बडवाल टोलका हात्ती पिडितहरुलाई राहतको प्याकेजको ब्यवस्था संगै जनताको जिउ धनको सुरक्षाको ग्यारेन्टी लिनु पर्ने स्थानियहरुले माँग राख्दै आएका छन् । समसाँझ बस्तीमा पसेको जंगली हात्तीको हुला बिहान मात्रै जंगल फर्कने गरेको स्थानियबासी आशा रानाले बताए । हात्तीले बस्तीमा पसेर जंगली हात्तीले बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न सरोकारवालाले खासै ध्यान नदिएको उनिहरुको गुनासो छ् ।

 

 

ताजा समाचार