दोधारा । बडा दशै र तिहार नजकिदै जाँदा दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था कसिलो बन्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको सिमा क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा ब्यवस्था कसिलो बनाउदै लगेको हो । सिमा क्षेत्रमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन, भारतिय सिमा सुरक्षा बल एसएसबी संग सयुक्त गस्ती, बिभिन्न जनचेतनामुलुक कार्यक्रम लगाएत कार्य गर्दै दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था कसिलो बनाउदै लगेको बताईएको छ् । सिमावर्ती भारतिय बजारबाट आउने–जानेहरुलाई निगरानी बढाउने कार्य समेत भईरहेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ् । चाडपर्वको बेला अबैध कारोवार संगै सिमा क्षेत्रमा अपराधिक कार्य हुनसक्ने बताउदै दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा निगरानी कडा बनाउदै लगिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बहादुर बोहराले बताएका छन् । ‘आउदै गरेको विभिन्न चाड पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पार्नका लागी सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था कसिलो बनाउदै लगेका छौं’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बहादुर बोहराले भने ।
सशस्त्र प्रहरी दोधारा चाँदनीको सिमा क्षेत्रमा भारतिय सिमा सुरक्षा बल एसएसबी संग समन्वय् गरि सयुक्त गस्ती समेत संचालन भईरहेका छन् । आज सशस्त्र प्रहरीले भारतिय सिमा सुरक्षा बल एसएसबी संग समन्वय् गरि सिमा क्षेत्रमा सयुक्त गस्ती संचालन गरेको सशस्त्र प्रहरीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा स्तम्भ नं. ७ सय ९७/२ देखि ७ सय ९८/३ सम्म अर्थात दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोज देखि वडा नं. ३ जामुनाघारी सम्म नेपाल–भारत सिमा क्षेत्र सम्म दशगजामा सयुक्त गस्ती संचालन गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बहादुर बोहराले जानकारी दिएका छन् । सयुक्त सिमा गस्तीमा उत्तराखण्ड नारायण नगर (भारत) का भारतिय सिमा सुरक्षा बल एसबएसबीका सव–ईन्सिपेक्टर रन्जीत कुमार, उत्तराखण्ड झप्पुझाला (भारत) का भारतिय सिमा सुरक्षा बल एसबएसबीका सव–ईन्सिपेक्टर लोकेश कुमार सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण बहादुर बोहरा तथा दुबै देशका सुरक्षाकर्मीहरु रहेका थिए । सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रण संगै सिमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्ती गर्दै आएको दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् । चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र खुला सीमा क्षेत्रमा आवत जावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको बताईएको छ् । नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा एकआपसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनीहरुले बताएका छन् ।