भीमदत्र नगरपालिकाद्धारा बजार अनुगमन, उपभोक्ताको हकहितमा जोड


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार अनुगमनलाई नियमित रुपमा अघि बढाएको छ । सोमबार नगरपालिकाले चाडपर्वको अवसरमा हुने सक्ने कालो बजारी र मुल्य वृद्धीलगायत कानुन सम्मत व्यवसाय सञ्चालन रहे/नरहेको कुरालाई लक्षीत गदैँ स्थानीय बजार अनुगमन गरेको हो । भीमदत्त नगरपालिकाका प्रशासकीयय अधिकृत सुवास अधिकारीले कानुन सम्मत व्यवसाय सञ्चालन रहे/नरहेकोबारे बजार अनुगमन गरिएको बताउनु भयो । उहाँका अनुसार बजार अनुगमन निर्देशिका– २०७४ बमोजिम महेन्द्रनगर बजारको गल्ली नम्बर १ मा रहेको १० वटा किराना तथा खाद्य पसल, मिठाई पलस, शैलुन र हार्डवयर पसलमा समेत नगरपालिकाले छड्के अनुगमन गरेको हो ।

No description available.

अनुगमनका क्रममा नगरपालिकामा दर्ता नगरेको, व्यवसाय नविकरण नगरेको, मुल्य सुचि नराखेको , म्याद नाघेका खाद्य सामाग्री राखेको पाईएको प्रशासकीय अधिकृत अधिकारीले बताउनु भयो । दर्ता तथा नविकरण नगरेका तथा राजस्व नतिरेका व्यवसायलाई कानुनी प्रक्रिया अन्र्तगत सञ्चालन गर्न निर्देशन दिईएको र अटेरी गरे कार्वाही समेत अघि बढाईने उहाँको भनाई छ । व्यवसाय नियमन र उपभोत्ता हितका लागि बजार अनुगमन गरिएको बताउँदै प्रशासकीय अधिकृत अधिकारीले भन्नभयो ‘नगरपालिकाले बेला–बेलामा छड्के अनुगमन गदैँ आएको छ । यसले कालो बजारी, मुल्य वृद्धी नियन्त्रणसँगै उपभोक्ताको हकहितमा पनि टेवा पुग्ने अपेक्षा लिएको छौँ ।’

No description available.

साथै कतिपय व्यवसायीले राजस्व नतिरि व्यवसाय सञ्चालन गरिरहेको पाईएकाले अनुगमनपछि आन्तरिक आयमा समेत वृद्धी हुने अपेक्षा गरिएको छ । नगरपालिकाले बेलाबेलामा स्थानीय बजार अनुगमन गर्दै आएकोमा यसलाई अझै निरन्तरता दिईने नगरपालिकाले जनाएको छ । बजार अनुगमनमा भीमदत्त नगरपालिकाको टोलीसँगै वडा प्रहरी कार्यालय, उद्योग वाणिज्य कञ्चनपुर, उपभोक्ता हित मञ्च लगायत पत्रकार महासंघका प्रतिनिनिधिहरुको सहभागीता रहेको थियो ।


ताजा समाचार

spot_img