दोधारा चाँदनीमा खुल्यो आँखा उपचार केन्द्र !

दोधारा । दोधारा चाँदनी नगरपालिकामा आँखा उपचार केन्द्र संचालनमा आएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ स्थित रहेको स्वास्थ्य चौकी चाँदनीमा नेपाल नेत्र ज्याती संघ गेटा आँखा अस्पताल र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा आँखा उपचार केन्द्र संचालनमा आएको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आँखा उपचार केन्द्रको स्थापनाले एउटा विकासको खुडकिलो थपिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । आँखाका समस्या भएकाहरुले टाढा–टाढा गएर महंगो उपचार गर्ने समस्या हटेको वडा अध्यक्ष सुनारको भनाई रहेको छ् ।

आँखा जस्तो संवेदनशिल कुरा दक्ष प्राविधिक भएको आँखा उपचार केन्द्र घरनजिकै भएको हुदा जनताहरु निकै हर्षित भएका छन् । वडाध्यक्ष भक्त बहादुर सुनारको पहलमा चाँदनी स्वास्थ्य चौकीको ५ कोठे भवनमा हालको लागी आँखा उपचार केन्द्र संचालनमा ल्याईएको छ् । चस्मा बनाउने, ओपीडी सेवा, शल्यक्रिया लगाएका सेवा प्रदान गरिदै आएको बताईएको छ् । आँखाको समस्या हुनेमा बढी जसो बृद्ध–बृद्धा रहने हुदा टाढा र महंगा अस्पतालमा लगेर उपचार गर्ने समस्या टरेको स्थानियबासी धनसरा नाथले बताएका छन् ।

‘हाम्रै घर नजिक आँखा उपचार केन्द्र संचालनमा आएपछि हामीहरुमा निकै खुशी भएका छौं’ स्थानियबासी धनसरा नाथले बताए । आँखा उपचार केन्द्रमा डा. शुसान्त शर्मा लगाएतका टिम कार्यरत रहेका छन् । केही दिन अघि मात्रै संचालनमा ल्याईएको आँखा उपचार केन्द्रले समय अनुकल ब्यवस्थित तथा आधुनिकरण गर्दै लाने दोधारा चाँदनी कार्यालयले जनाएको छ् ।

ताजा समाचार