दोधारा । विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षिक) र कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन संघीय र स्थानीय सरकार बीच विवाद देखिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा दोधारा चाँदनी नगर क्षेत्रका ४४ जना बालबिकास शिक्षिका तथा बिधालय कर्मचारीहरुले धर्ना दिदै ज्ञापन पत्र बुझाएका छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा संघीय सरकारले उनीहरुको पारिश्रमिक वृद्धि गरेर रु. १५ हजार पुर्याउने घोषणा गरेको थियो । तर संघीय सरकारले रु. ८ हजार उपलब्ध गराउने र बाँकी रु. ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख गरिए संगै बिगत केही महिना देखि दोधारा चाँदनी नगरपालिकाका विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीहरु आन्दोलित हुदै आएका छन् । हिजो बिहान दोधारा चाँदनी नगरपालिका कार्यालयमा पोशाक संग बालबिकास शिक्षिका र बिधालय कर्मचारीहरु एक घण्टा धर्ना दिदै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई ज्ञापन पत्र बुझाएको नेपाल बिदालय कर्मचारी परिषद् जिल्ला सचिव ईन्द्र सिंह कार्कीले जनाएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले भने संघीय सरकारले तोके अनुसार ईसीडी शिक्षक र कर्मचारीलाई रु. ७ हजार थपेर उपलब्ध गराउन नसक्ने जनाएपछि ईसीडी शिक्षक र कर्मचारीले चरणबद्ध आन्दोलन गर्दै आएको बताईएको छ् । नगरपालिकाले केन्द्र सरकारले घोषणा गरेजसरी न्यूनतम ज्यालामा पठनपाठन गराईराखेका ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन नसक्ने संकेत आउदै गर्दा आन्दोलन गर्दै आएको बालशिक्षाका शिक्षिका तथा कर्मचारीहरुले जनाएका छन् । सरकारले ईसीडी शिक्षिक तथा कर्मचाहरुलाई हालसम्म मासिक ६ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउदै आएको छ् । बजेटमा दुई हजार संघीय सरकारले थप गर्ने र अन्य रकम पालिकाहरूले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो । प्रत्येक सामुदायिक विद्यालय र त्यसबाहेक कतिपय टोलमा समेत छुट्टै बालविकास केन्द्र सञ्चालित छन् । आफ्नो माँग पुरा नभए विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीहरुले चरणबद्धरुपमा शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।