महेन्द्रनगर: सिमान्तकृत महिला समुहका महिलाहरुलाई तिन दिने नव उद्यमशिलता तालिम आईतबार महेन्द्रनगरमा सुरु भएको छ । सिमान्तकृत महिला समुहका एकल महिलाहरुलाई उद्यमी बन्न उनिहरुको क्षमता पहिचान गर्ने, पहिचान गरेको उद्यम ब्यावस्था बारे भन्न सक्ने, श्रोतको माध्यमबाट ब्यावसायिक बिचार संकलन गर्ने, आफु अनुकुल र उपर्युक्त ब्यावसाय छनौट गर्ने र ब्यावसायिक योजना निर्माण गर्ने गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपाली ले बताउनु भयो ।

मानव अधिकारकोलागि महिला एकल महिला समुह कञ्चनपुरद्धारा सञ्चालित नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता परियोजना अन्तरगत सिमान्तकृत महिलाकालागि नव उद्यमशिलता तालिमको आयोजना गरिएको हो । जया बुढाथोकी र कमल सुबेदी सहजकर्ता रहेको तालिममा शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका गरी ३० जना सिमान्तकृत महिला समुहका एकल महिलाहरु सहभागि रहेका छन ।

मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशीको अध्यक्षता भएको तालिमको उदघाट्न समारोहको सञ्चालन कोषाध्यक्ष लक्ष्मी चन्द र स्वागत मन्तब्य चन्द्रा खडायतले गरेका थिए, भने कार्यक्रम संयोजक बिर बहादुर नेपालीले कार्यक्रमको उद्धेश्यमाथि प्रकास पारेका थिए । ३ दिन सम्म सञ्चालन हुने तालिममा मानव अधिकारकालागि महिला एकल महिला समुहका केन्द्रिय उपाध्यक्ष सोभा बिसी र सुदुर पश्चिम अध्यक्ष शुमन शर्मा को पनि उपस्थिति रहेको छ ।







