दोधारा । ‘सबै उमेर समुहहरुलाई बिद्युतिय प्रबिधीको प्रयोगमा समानता’ मुल नारा सहित दोधारा चाँदनी नगरपालिकामा ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका भित्र रहेका दश वटै वडाहरूका ११ जना जेष्ठ नागरिकहरुलाई छनौट गरी सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्तले जानकारी दिएका छन् । वयोवृद्धहरुलाई दोसल्लाह ओढाएर र फलफूल वितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्तले बताएका छन् । सम्मान हुनेमा कांशी भट्ट, दुरा देबी कार्की, शिवदत्त पन्त, जसमा देबि भाट, भिम बहादुर सुनार, टिका देबि खत्री, हिरा देबि चन्द, मानसरा रोकाया, दुर्गा देबी रोकाया, खड्के सार्की र कौशिला कुमारी साँउद रहेका छन् । विगतका वर्षहरूमा भब्य कार्यक्रम गरिने गरेको भएपनि यस वर्ष कोभिड १९ को जोखिमका कारण केही ब्यक्तीहरुको उपस्थितीमा मात्रै सम्मान कार्यक्रम गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले बताएका छन् ।
कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्तले जेष्ठ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक सहयोग र पहल भईरहेको बताएका छन् । जेष्ठ नागरिक तिरस्कृत हुने अवस्था आए खबर गर्न आग्रह गर्दै परिवार तथा समाजबाट अपमान अथवा हेरचाह नभए स्थानिय सरकारले आवश्यक सहयोग गर्ने कार्यक्रममा बताईएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भानदेब भट्टले जेष्ठ नागरिकको सम्मान गर्नुनै पुन्य कमाउनु भएको बताएका छन् । जेष्ठ नागरिक हामी सबैको प्रेरणाको श्रोत रहेकाले बिगतका दिनहरु देखि दोधारा चाँदनी नगरपालिका कार्यालयले बिभिन्न समयमा उनिहरुलाई सम्मान गर्दै आएको उनले बताएका छन् ।
‘अहिले ज्येष्ठ नागरिकहरुको हक र अधिकार सुनिश्चित गर्ने र उनीहरु बिच आवश्यक सुबिधा पुर्याउने लक्ष्य राखी सरकारी तथा गैर सरकारी स्तरमा थुप्रै संस्थाहरु खुलेका छन । ज्येष्ठ नागरिक मैत्री वातावरण बन्नु आजको ठडकारो आवश्यकता पनि हो । यस्तो अवस्थामा सम्बद्ध सबै पक्षको ध्यान ज्येष्ठ नागरिकहरुको शारीरिक, मानसिक, आर्थिक अवस्थालाई सक्षम र सुदृढ गराई उनीहरुका दु:ख, पीडा र हिनताबोधलाई कम गर्दै लग्नु र मनोरञ्जनात्मक एवं सन्तुष्टि हुने खालका कार्यक्रमहरु सहजरुपमा स्थापित गर्दै जानु पनि त्यतिकै आवश्यक छ् । बृद्धबृद्धाको अवस्था प्रति राज्य, परिवार, बृद्धाश्रम, यस क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्था सबै संवेदनशील भई उनीहरुलाई समूचित सुविधा उपलब्ध हुने प्रबन्ध गर्न र माया, स्नेह र सम्मान प्रदान गर्न क्रियाशिल भईनै रहनुपर्छ । यसको लागि यस क्षेत्रमा कार्यरत सरोकारवालाहरु सबै निकाय बीच समन्वयात्मक वातावरणको विकास हुनु नितान्त जरुरी छ् ।
यस्ता प्रयासबाट सबै मिलेर काम गर्दा समाजमा बृद्धबृद्धा प्रति सम्मानको भावना जागृत गर्न र उनीहरुमा आत्मबल पैदा गर्न ठूलो मद्धत पुगी उनीहरुमा हौसला र जाागरको सुमधुर वातावरणको सृजना हुन जान्छ्’ कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भानदेब भट्टले भने । दोधारा चाँदनी नगरपालिका कार्यालयको नवनिर्मित भवनमा संचालन भएको ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रममा जेष्ठ नागरिक समाज दोधारा चाँदनीका नगर संयोजक कृष्ण बिहारी पन्त, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत भानदेब भट्ट, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त, नेपाली काग्रेंस दोधारा चाँदनीका पुर्व नगर सभापती डम्मर चन्द, सामाजसेवी भुवन बिहारी पन्त लगाएत जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
https://www.facebook.com/pappu.kalapani/videos/394777058894346