कञ्चनपुर : माछापुच्छे्र बैंक लिमिटेडले शाखा कञ्चनपुरले शाखा रहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । वेदकोट नगरपालिका ९ स्थित लालपुर चौक देखि करिब १०० मि. दक्षिणमा माछापुच्छे्र बैंकले शुक्रबार देखी शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

शाखा रहित बैंक बाट सम्पुर्ण बैंकिङ्ग सेवा लिन सकिने माछापुच्छे्र बैंक लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख हरी ऐरले बताए । उहाका अनुसार माछापुच्छ्रे बैंकको शाखा रहित बैंक सेवा मार्फत हाल सम्म देश भरी १७८ वटा शाखाहरु बाट सेवा दिदै आएको छ । कञ्चनपुर जिल्लामा चार वटा स्थानबाट बैंकले शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

वेदकोट नगरपालिका ९ स्थित लालपुरमा शाखा रहित बैंक सञ्चालन आए पछि पहिलो खाता भीनपा–३ निवासी चन्द्र गिरीले खोले संगै १५ जनाले खाता खोली सकेको छन् । शुक्रबार आयोजना गरिएकोे उदघाटन कार्यक्रममा माछापुच्छ्रे बैक लिमिटेड शाखा रहित सेवा केन्द्रका सञ्चालक विरेन्द्र कलौनीको अध्यक्षतामा प्रमुख अथिती बेदकोट नगरपालिकाका कार्यबाहक नगर प्र्रमुख तथा वडा नं. ९ का वडा अध्यक्ष तथा राम सिह धामीे रहनु भएको थियो भने कार्यक्रम सञ्चालन राजेन्द्र चन्दले गर्नु भएको थियो ।







