महिला अधिकारकर्मी निर्मला काँग्रेस भीमदत्त नगरको सदस्यमा चयन


कञ्चनपुर : कञ्चनपुरकी महिला अधिकारकर्मी निर्मला भट्ट(जोशी) नेपाली काँग्रेस भीमदत्त नगरको सदस्यमा चयन भएकी छिन । काँग्रेस १४ औँ महाधिवेशन अन्र्तरगत ९ असोजमा सम्पन्न भएको निर्वाचन पछिको काँग्रेस भीमदत्त नगर नेतृत्वले अधिकारकर्मी जोशीलाई नगर सदस्यमा चयन गरेको हो ।

उच्च शिक्षा हासिल गरेकी भीमदत्त नगरपालिका ४महेन्द्रनगरकी स्थानीय अधिकारकर्मी जोशीले समाजसेवासंगै राजनीति गरेर थप जनताको सेवा गर्ने बताईन । पार्टीले लिएको जिम्मेबारी पुरा गर्ने उनको प्रण छ ।


ताजा समाचार

spot_img