छोराको स्मृतिमा अनाथालयमा फलफुल वितरण कञ्चनपुर


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामको जोशी परिवारले अनाथालयमा फलफुल वितरणका साथै अनाथ बालबालिकालाई खिर खुवाएको छ । उल्टाखामकी बसन्त जोशीले छोरा धर्मराज जोशीको स्मृतिमा महाकाली बाल अनाथालयमा फलफुल वितरणका साथै अनाथ बालबालिकालाई खिर खुवाएको हो ।

छोराको बार्षिक पुन्यतिथिमा बसन्तीले अनाथालयमा खाद्यान्न एव खिर खुवाएका हुन । स्व.धर्मराज जोशीकी आमा बसन्ती, धर्मपत्नी ज्योति जोशी(बोहरा), दिदि निर्मला जोशी(भट्ट), भान्जा धिरज भट्ट, महिला अगुवा लक्ष्मी मल्ल, प्रकास जोशी, काँग्रेस भीमदत्त नगरका उप सभापति दिपेन्द्र सिह विष्ट सहितको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img