कञ्चनपुर : छोराको न्वारनको उपलक्ष्यमा बुवा आमाद्वारा १० लाखको विमा पोलिसी गिफ्ट गरेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ टाईगर वस्ती बस्ने बुवा दिपक राज भट्ट र आमा चन्द्रा भट्टले असोज ३ गते संविधान दिवसको दिन जन्मिएका शिशिर भट्ट(छोरा)को न्वारनको उपलक्ष्यमा विमा पोलिसी गिफ्ट गरेका हुन ।


सन नेपाल लाइफ इन्स्योरेन्समा विमा गरेका दम्पती भट्टले १० लाखको विमा पलिसी वापत पहिलो किस्ता ४६ हजार ६ सय ८५ जम्मा गरेको छन् । विमा पोलिसीको अवधि २० वर्षको रहेको छ ।


‘छोराको भविष्यको लागि अहिले देखि केही रकम जम्मा गरेमा पछि यसको उच्च शिक्षा हासिल गर्दा सहयोग मिल्ने सोच राखेर आफुहरुले विमा पलिसी गिफ्ट गरकोे’ बुवा दिपक राज भट्टले बताए । ‘यसरी सबैले आफु सक्दो विमा आजै देखि गरेमा पछि आफ्ना बालबालिकाको शिक्षा र उनीहरुको विवाह, वर्तमन जस्ता कार्य गर्न सहयोग पूग्ने’ आमा चन्द्र भट्टले बताइन् ।







