कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेकपा एकिकृत समाजवादीले संगठन विस्तार गरेको छ । मंगलबार नेकपा एकिकृत समाजवादीले भीनपा ९ मा संगठन भेला गरि संगठन विस्तार गरेको हो । एकिकृत समाजवादी पार्टी कञ्चनपुरका युवा विद्यार्थी नेता रमेश पन्तले भीमदत्त नगरका अधिकाँस वडाहरुमा संगठन विस्तार गरेर आयोजक कमिटि विस्तार भईरहेको बताए ।


उनका अनुसार मानसिह रावतको संयोजकत्वमा आयोजक कमिटि विस्तार गरिएको छ । नेकपा एकिकृत समाजवादी भीमदत्त नगरका संयोजक प्रताप तिरुवाको अध्यक्षमा भएको कार्यक्रममा समाजवादी क्षेत्र नम्बर ३ का इन्चार्ज प्रकास रावल प्रमुख अतिथि थिए । नेकपा एकिकृत समाजवादी प्रदेश सदस्य लोक विक्रम थापा, उप सचिव रविन्द्र कुँवर, जिल्ला सदस्य हरक सिह धामी, राजेन्द्र पाण्डे, मदन सेराला विद्यार्थी नेता प्रज्वल कुवर, युवा नेता भगत सिह बस्नेत लगायतको सहभागिता रहेको थियो ।







