कांग्रेस जिल्ला सदस्य पदका दाबेदार भुवन आले

दोधारा : नेपाली कांग्रेस युवा नेता भुवन आले मगर काग्रेंस कञ्चनपुर जिल्ला सदस्य पदका आंकाक्षी देखिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का निर्वाचित वडा सदस्य तथा १३ औं महाधिबेशनबाट निर्वाचित नगर सदस्य भुवन आले मगर आसन्न नेपाली काग्रेंसको १४ औं महाधिबेशनका लागी काग्रेंस कञ्चनपुर जिल्ला सदस्य पदमा दाबेदार रहेका छन् । ३१ वर्षका नेता आलेले काग्रेंसको राजनितिक यात्रा नेबि संघबाट गरेका हुन् । २०६१ साल बिद्यार्थी जिवनबाट आफ्नो राजनितिक जिवन सुरु गरेका नेता आलेले छोटो समयमा राजनितिक उकालो चढेका छन् । नेपाली कााग्रेसको राजनीतिमा होमिएका काग्रेंस नेता आले यस पटक भने जिल्ला सदस्य यात्रा तय गर्दै प्रचार प्रसारमा जुटेका हुन ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ वडा सदस्य पदमा रहेका नेता भुवन आले मगर सामाजिक कार्यमा खरो उत्रेका ब्यक्ती हुन् । वडा सदस्यमा रहेर बिभिन्न संग संस्था तथा ब्यक्तीहरु संग समन्वय गरि वडा तथा नगर क्षेत्रमा सामाजिक कार्यमा लगनशिल रहदै आएका ब्यक्ती हुन् । आफु वडा सदस्य भएकै कारण वडाबासीहरुलाई सहयोग गर्न निकै सहज भएको उनले बताए । सामाजिक कार्य गर्न रहर मान्दै आएका नेता आले वडाबासीहरुले निकै मन पराएका जनप्रतिनिधी हुन् । काग्रेंस कञ्चनपुर जिल्ला सदस्य पदका लागि नेता तथा अग्रज नेताहरुहरुसंग छलफलमा जुटेका छन् ।

‘सबै साथी भाई र अग्रजहरुको सल्लाहमा जिल्ला सदस्य पदमा दावेदारी गरेको छु’ जिल्ला सदस्य पदका उम्मेदवार भुवन आले मगरले भने, ‘सबैको चाहना पनि छ् र सहयोगको आश्वासन पाएको छु ।’ कांग्रेसको भातृ संगठन, जनप्रतिनिधी, सामाजिक सेवामा अनुभवले नै काग्रेंस जिल्ला सदस्य पदका लागि आफु सक्षम र प्रबल दाबेदार भएको उनले बताए । प्रजातान्त्रिक आस्था र विचार बोकेका नेता आले मगर सरल र सहयोगी भावना भएको युवा नेताको रुपमा परिचित छन् ।

ताजा समाचार