कञ्चनपुर: महेन्द्रनगरमा टोल विकास संस्थाका लागि क्षमता विकास अभिवृद्धि सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ।

यु.एस.आइ.डी साझेदारी परियोजनाको “कोभिड–१९ विरुद्ध स्थानिय तहको योजना तथा प्रतिकार्यमा सहयोग अभियान ” अन्र्तगत सोमबार भीमदत्त नगरपालिका वडा न.४ अन्तर्गत रहेको शिवभक्त टोल विकास संस्थाका पदाधिकारी लगायत सदस्यहरु लाई नागरिक समाज ,टोल विकास संस्था ,वडा कार्यालय र नगरपालिकाको भुमिका बारेमा दुई दिने तालिम एक कार्यक्रमका बिच उक्त टोल विकास संस्थाका अध्यक्ष गोभिन्द सिंह विष्टको अध्यक्षतामा सम्पन्न भएको हो।

महेन्द्रनगर स्थित रहेको होटल स्वटी ड्रीम मा असोज १० र ११ गते सम्म शिवभक्त टोल विकास संस्थाका अध्यक्ष गोभिन्द सिंह बिष्ट को अध्यक्षतामा तालिमको आयोजना गरिएको आयोजक संस्थाका प्रतिनिधिले जानकारी दिएको छ।

क्षमता विकास अभिवृद्धि सम्बन्धि तालिम कार्यक्रमको अध्यक्षता मा रहनु भएका शिव भक्त टोल विकास संस्थाका अध्यक्ष बिष्टले ‘ तालिम बाट टोल विकास संस्थाहरुले गर्नु पर्ने काम कार्य र कर्तव्यहरु को बारेमा जानकारी भएको र वडामा योजना तर्जुमा , योजना छनोट तथा प्राथमिकताको प्रक्रिया बारेमा जानकारी पाउँदा आयोजक लाई धन्यवाद दिनुका साथै आगामी दिनमा समेत टोल विकास संस्था बिचमा यस्ता थप तालिम कार्यक्रमको आयोजना हुनु पर्ने आवश्यक रहेको बताउनु भयो।
उक्त तालीम कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी सदस्य लगायतको १२ जनाको सहभागिता रहनुका साथै तालिमको सहजीकरण मुकेश भट्टले गर्नु भएको थियो।






