कञ्चनपुर: कञ्चनपुरको स्वास्थ्य अवस्था बारे समिक्षा तथा योजना तर्जुमा गोष्ठी गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना गरेको हो । सोमबारदेखि स्वास्थ्य कार्यालय कञ्चनपुरले महेन्द्रनगरमा योजना तर्जुमा बारे गोष्ठी आयोजना गरेर गत बर्षको समिक्षा र चालु बर्षका लागि स्वास्थ्य योजना बनाउने छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गत आर्थिक बर्ष ०७७/०७८ को स्वास्थ्य कार्यक्रमको समिक्षा र चालु आर्थिक बर्ष ०७८/०७९ को लागि योजना बनाईने बताए । उनका अनुसार गोष्ठीमा महाकाली अस्पताल सहित जिल्लाभरीकै स्थानीय तहका स्वास्थ्य प्रमुख, संयोजक, कर्मचारीको सहभागितामा हुने गोष्ठीबाट कञ्चनपुरको स्वास्थ्य सुधारका कार्यक्रम ल्याईने छ । अझै कोरोना महामारी पूर्ण नहटिसकेको अवस्थामा कोरोना महामारी नियन्त्रणका लागि योजना बनाउन जोडदिईएको छ । महाकाली अस्पतालमा निमित्त मेसु डा. अर्जुन कुमार श्रेष्ठले महामारीबाट मुक्त नभईसकेको अवस्थामा चालु आर्थिक बर्षमा समयमै बजेट नआएकाले स्वास्थ्यका कार्यक्रम संचालनमा समस्या भएको बताए ।

समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले समन्वय साझेदारीमा स्वास्थ्य सुधारका लागि कार्यक्रम संचालनमा जोडदिए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले स्वास्थ्य सुधार एव कोरोना नियन्त्रण योजनामा सुझाव दिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले विगत भन्दा अहिले जिल्लाको स्वास्थ्यमा थुप्रै सुधारमा भएको बताउदै कोभिटले स्वास्थ्यमा चुनौती थपेको बताए ।







