सुदूर विद्यार्थीका नेता शाह विप्लव क्रान्तिकारीको केन्द्रीय सचिवमा चयन


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका विद्यार्थीका चर्चित विद्यार्थी नेता बिरेन्द्र शाह अखिल क्रान्तिकारी केन्द्रीय सचिवमा चयन भएका छन । पोखरामा सम्पन्न भएको अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी केन्द्रीय सचिवमा शाह चयन भएका हुन । उनी अखिल क्रान्तिकारी इकाई कमिटि, जिल्ला अध्यक्ष सुप प्रदेश क्षेत्रीय संयोजक, सचिवालय सदस्य हुँदै यस पटक केन्द्रीय सचिवमा चयन भएका छन ।

तत्तकालिन माओवादी विद्यार्थी संगठनबाट विद्यार्थी राजनीति शुरु गरेका शाह अहिले नेकपा विप्लव निमट अखिल क्रान्तिकारीको केन्दीय सचिवमा चयन भएका छ । उनले विद्यार्थीको हक हितका साथै शैक्षिक आन्दोलनमा थप उचाईमा पु¥याउँदै आम नागरिकलाई शैक्षिक मुल धारमा ल्याउने संकल्प अघि सारेका छन । अखिल क्रान्तिकारी केन्द्रीय पदाधिकारीमा सुप प्रदेशबाट केन्द्रीय सचिवमा शाह एक्का नेता हुन । उनलाई अन्तरपार्टी सहित साथीभाईबाट बधाईको ओईरो छ ।


ताजा समाचार

spot_img