दोधारा चाँदनीका ५ वर्षे बालक बेपत्ता

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी लाल बहादुर बुढाका छोरा वर्ष ५ का शिशिर बुढा हिजो अपरान्ह ५ बजेबाट घरबाट सम्पर्क बिहिन भएका छन् । घरमा रहेका शिशिर खेल्दै गर्दा परिवारको सम्पर्कमा नआएको शिशिरका परिवारजनले बताएका छन् । आफन्तहरु लगाएत सबै ठाँउमा खोजी गर्दा समेत परिवारजनको सम्पर्कमा शिशिर नआईसकेको परिवारजनले बताएका छन् । शिशिरको खोजी कार्य गरिदिनहुन परिवारजनले सबैमा अनुरोध गरेका छन् । शिशिरलाई देख्नुहुनेले मोवाईल नम्वर : ९८१२७३३१००/९८२२७०२६३६ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

 

ताजा समाचार