सिद्धनाथ मन्दिरमा चढाईएका घाटघण्टी व्यापारीको पसलमा पुग्नु घृणित कार्य


कञ्चनपुर: युवा विद्यार्थी संगठन कञ्चनपुरका विद्यार्थी र युवा संघ संगठनले विभिन्न आस्थावान व्यक्तित्वहरुमा मन्दिरमा चढाईएका घाटघण्टी व्यापारीको पसलमा पुग्नु घृणित कार्य भएको बताएका छन । चार विद्यार्थी–युवा संघ संगठनले आइतबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मन्दिरमा चढाईएका घाटघण्टी व्यापारीको पसलमा पुग्नु घृणित कार्य भएको बताएका हुन ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, वाईसियल र नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू, युवा संघ नेपालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा मन्दिर समिति खारेजीको माग अघि सारिको छ । अखिल क्रान्तिकारीका अध्यक्ष कैलाशचन्द्र गिरी, अनेरास्ववियूका संयोजक रमेश पन्त, युवा संघका सहसयोजक मुकेश सिह र वाईसियल सचिव तिलक जप्रेलले हस्ताक्षर गरेको विज्ञप्तीमा मन्दिरका घाटघण्टी बरामद प्रकरणको सत्यतथ्य छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।


ताजा समाचार

spot_img