कञ्चनपुर : एकिकृत अखिल नेपाल शिक्षक सगठन भीमदत्त नगरको अध्यक्षमा बिरेन्द्र प्रशाद भट्ट चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक सगठन भीमदत्त नगरको अध्यक्षमा भट्ट चयन भएका हुन ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन भीमदत्त नगरको दोस्रो नगर परिष्दबाट बिरेन्द्र प्रशाद भट्टको अध्यक्षतामा एकिकृत अखिल नेपाल शिक्षक सगठन भीमदत्त नगरको कमिटि विस्तार भएको हो । बरिष्ठ उपाध्यक्ष कल्पना पाण्डेय, उपाध्यक्ष जगत सुनार, सचिव मनिराम सार्की, अर्थ सचिव प्रेम क्षेत्री, सह सचिव वविता दाहाल सदस्य भुवनेश्वर विष्ट, गणेश सुनार, जीपन जोशी, प्रकास चन्द लगायतका १५ सदस्यीय रहेका छन ।

भागिरथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको एकिकृत अखिल नेपाल शिक्षक सगठन कञ्चनपुरका इन्चार्ज विक्रम चौधरीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । एकिकृत अखिल नेपाल शिक्षक सगठन सुप प्रदेशका अध्यक्ष थिरेन्द्रचन्द्र भट्टले साँगठानिक तथा पेशागत हकहितका विषयमा प्रशिक्षण गरेका थिए ।







