कांग्रेस दोधारा चाँदनी नगर अधिबेशन सर्वसम्मतबाट सम्पन्न : नगर सभापतीमा मल्ल (हेर्नुस् भिडियो)

पप्पु गुरुङ्ग, दोधारा । एकताको संदेश दिदै दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसको नगर अधिबेशन सम्पन्न भएको छ् । नेपाली काग्रेंस नगर सचिव रहेका राजेन्द्र मल्ल ठकुरी नगर अधिबेशनबाट सर्वसम्मत सभापती पदमा चयन भएका छन् । मल्ल नेतृत्वमा ५७ सदस्यीय नयाँ कार्य समिति चयन भएको नेपाली काग्रेंसले जनाएको छ् । निर्वाचन अधिकृत धर्मराज पण्डितका अनुसार उपसभापतिमा रामकृष्ण जोशी, कर्ण बहादुर सिंह सचिवमा महेन्द्र बिष्ट, दिल बहादुर सिजाली र सहसचिवमा रमेश भण्डारी, कुशाल सिंह साउद निर्विरोध चयन भएका हुन । त्यसै गरी २० जना प्रत्यक्ष र ३० जना समावेसी गरी ५० सदस्यहरु पनि निर्विरोध चयन भएको निर्वाचन अधिकृत पण्डितले बताए । आज बिहानै देखि अधिबेशनको चहलपहल सुरु भएको थियो । पार्टीमा गुट उपगुटलाई निरुस्ताहित गरि काग्रेंसलाई एकताको सुक्रमा गाँस्न दोधारा चाँदनी नगर क्षेत्रमा सम्पन्न भएको काग्रेंसको अधिबेशन एतिहासिक रहेको बताईएको छ् । निर्वाचन प्रणालीले कार्यकर्तामा बैमश्याता उत्पन्न गर्ने पाठकै कारण यस पटक दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सर्वसम्मतबाट अधिबेशन सम्पन्न गर्ने झण्डै एक महिना देखि सहमतीको बाताबरण बनाउने कार्य भएको बताईएको छ् ।

नव निर्वाचित नगर सभापती राजेन्द्र मल्लले आफु लगाएत आफ्नो टिमलाई सर्वसम्मत चयन गरेकोमा सबैलाई धन्यबाद दिएका छन् । नगर सभापती पदमा आफुलाई बिश्वास गरेको र आफुले पनि कार्यकर्ताहरुले गरेको बिश्वास गुम्न नदिने उनले बताएका छन् । ‘साथीहरुले हामी सबैलाई बिश्वास गरि सर्वसम्मत तवरले चयन गरि उक्त पद दिएको कारणको कारण साथीहरुको मनोवल कमजोर हुने तथा बिश्वास गुमाउने काम कसैबाट नहुनेमा म बिश्वास दिलाउछु’ नगर सभापती राजेन्द्र मल्ल ठकुरीले भने । आसन्न स्थानिय निर्वाचन तथा प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा नेपाली काग्रेंसलाई शानदार ढंगबाट बिजय बनाउने आफ्नो लक्ष्य रहेको नगर सभापती मल्लले भने । नेपाली काग्रेंसमा नेता तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले सहमती गरि अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने सबै नेता तथा कार्यकर्तालाई धन्यबाद दिएका छन् ।

नगर अधिबेशनमा अझै पनि राम्रा–राम्रा नेता तथा कार्यकर्तालाई पदमा राख्न छुटेको कारण आगामी दिनहरुमा उनिहरुलाई जिल्ला, क्षेत्र तथा भातृ संगठनहरुमा जोड्ने प्रयास जारी रहने नेपाली काग्रेंसका नेता तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । नेता बेल बहादुर रानाले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा काग्रेंसको १४ अधिबेशन देशभरको लागीलाई एकताको संदेश रहेको बताएको छ् । पार्टीमा देखिएको गुट तथा उपगुटको अन्त्य दोधारा चाँदनीमा रहेका काग्रेंस कार्यकर्ताले संदेश दिएको बताउदै केन्द्रमा रहेका शिर्ष नेताहरुले यो पाठ सिक्नु आजको टडकारो आवश्यकता रहेको बताएको छ् ।

यस पटकको सहमती प्रणालीबाट नगर अधिबेशनले स्थानिय तह, प्रदेश र संघमा नेपाली काग्रेंसले ठुलो मतान्तरले बिजय गर्ने संकेत भएको बताउदै बिगतका दिनहरुमा अनेकता भएको कारण पार्टीले ठुलो हार ब्यहोर्नु परेको उनको भनाई रहेको छ् । एउटा पदमा धेरै आकांक्षी देखिएको सहमती र सहकार्यमा सबैले सहयोग गरकै कारण आजको नगर अधिबेशन शान्त तथा सोहाद्रपुर्णरुपमा सम्पन्न हुनसकेको उनको भनाई रहेको छ् । अधिबेशनमा नेता बेल बहादुर राना, क्षेत्रिय सभापती गोपाल दत्त भट्ट, नेपाली काग्रेंस दोधारा चाँदनी नगरकार्यसमितिका पुर्व सभापती डम्मर चन्द, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख बिर बहादुर सुनार, काग्रेंस नेत्री मथुरा पन्त लगाएत नगरकार्यसमिति पदाधिकारी, भातृ संगठनका प्रमुख, क्षेत्रिय प्रतिनिधी तथा वडा सभापतीहरुको बाक्लो सहभागिता रहेको थियो । नव निर्वाचित पादधिकारीहरुलाई अबिर माला लगाएर कार्यकालको सफलताको शुभकामना दिईएको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् ।

 

ताजा समाचार