कञ्चनपुर: नेकपा एमाले बेलडाँडी गाँउ कमिटीको विस्तारित बैठक सम्पन्न भएकोछ । शुक्रबार एमाले बेलडाँडीको गाँउ कमिटिको विस्तारित बैठक तथा भेला सम्पन्न भएको हो । नेकपा एमाले बेलडाँडीका युवा नेता एव जिल्ला सदस्य अक्कल बहादुर विष्टले विस्तारित भेला ऐतिहासिक रुपमा सम्पन्न भएको बताए ।

विस्तारित भेलामा एमाले नेताहरुले सिङ्गो बेलडाँडीको पार्टी, भातृ संघ संगठन जेठ २मै फर्किएर एक ढिक्का भएर एकताबद्ध भएको बताएका छन । भेलामा बेलडाँडीमा थप संगठन विस्तार, सुदृढिकरण एव जनपक्षीय काममा पार्टीलाई खटिन नेताहरुले निर्देशन दिएको एमाले नेता विष्टले बताए । एमाले बेलडाँडीका जेष्ठ सदस्य तथा विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेस गर्नेहरुलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अथिति समेत रहेका नेकपा एमाले कञ्चनपुरका अध्यक्ष बिर बहादुर थापाले पार्टी जेठ २मै फर्किएकाले सोही अनुरुप अघि बढ्नुपर्नेमा जोडदिएको नेताहरुले बताएका छन ।

एमाले बेलडाँडीका अध्यक्ष लक्ष्मण भाटको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा एमाले जिल्ला अध्यक्ष बिर बहादुर थापा(पातल), एमाले नेताहरु पल्लवराज भट्ट, अक्कल विष्ट, अशोक कुमार चन्द, रामचन्द्र रेग्मी, गणेश उपाध्याय, धन ब. थापा भीम ब. थापा सहितका नेता कार्यकर्ताहरु रहेका थिए ।







