कंञ्चनपुर: प्राय सधैँजसो एकाबिहानै कोहि न कोहि महिला आँगनमा पुग्नुहुन्छ, आँखा भरी आसुँ र देह भरी चोट बोकेर । कोई आप्नौ श्रीमानको प्रताडनाको पिडा बोकेर त कोई परिवारजनको अन्याय , तर उहाँको आँगनमा पुग्दा न्याय पाउने या समस्या समाधान हुने कुरामा प्रायः सबै ढुक्क हुन्छन । कानुन या न्याय प्रणालीको औपचारीक शिक्षाको डिग्री छैन उँहा संग तर आप्नो जीवनकालमा पाएका थुपै अनौपचारीक तालीम तथा अनुभवले खारेको छ उहाँलाई । कुनै पनि व्यक्तीलाई कसरी रिझाउने, के भन्दा उक्त ब्यक्ती कन्भेन्स हुन्छ, उहाँलाई राम्रोसंग थाहा हुन्छ । त्यसैले सामान्य झगडाहरु सजिलै समाधान हुन्छन् । २०४७ सालदेखी जब उहाँको परिवार कंञ्चनपुरको सदरमुकाम महेन्द्रनगर देखी बेलडाँडी बसाई सरे, तबदेखी उहाँको महिला सशक्तिकरण, राजनिती र समाजसेवाको यात्रा सुरु भयो । बेलडाँडी त्यो बेला अत्यन्तै पातलो बसोबास, ग्रामीण क्षेत्र भएको र विशेष गरेर अत्यन्तै थोरै संख्यामा महिला साक्षरता भएको ठाउँ थीयो ।

ग्रामीण विकास बैंकले गाँउ गाँउमा महिला समुह गठन गर्दै महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने प्रयास गर्दथ्यो तर महिलाहरु साक्षर सम्म नरहेको तत्कालीन अवस्थामा बैंकींङ कारोबार महिलाहरुका लागी अत्यन्तै असहज हुने गर्दथ्यो । उक्त असहजता लाई सहजतामा रुपान्तरण गर्न महिलाहरुलाई आप्mनो नाम सम्म लख्न सक्ने बनाउनेमा उहाको प्रयास रहन्थो । उक्त बैंकको बेलडाँडी केन्द्र प्रमुखमा नेतृत्व गरी उहाँले बेलडाँडीका महिलाहरुलाई समाजमा घुलमिल हुन, आर्थिक स्वतन्त्रताका लागी आफै उद्यम गर्न, आप्नो अधिकार प्रती सजक हुन आदि कुराहरुमा प्रेरीत गर्नुभयो । क्रमश बेलडाँडीमा स्थापीत भएका वा अरुठाउँबाट बेलडाँडीमा सेवाका लागी आएका बिभिन्न संघ संथाहरुको नेतृत्वका लागी उहाँ पहिलो रोजाई बन्नुभयो । २०५६ साल तिर ग्रामीण विकास बैंकको आयोजनामा सन्चालन भएको बाल शिक्षा कार्यक्रममा शिक्षिकाको भुमीकामा रही कार्यगर्नुभया, उक्त बालशिक्षा कार्यक्रममा शिक्षा आर्जन गनुभएका थुप्रै महिलाहरु आज बिभिन्न संघ संथाहरुमा नेतृत्वदायी भुमिकामा रहेर कार्य गरिरहनुभएको छ ।

क्धभभत ल्भउब िनामक संस्थाले आयोजना गरेका कानुनी शिक्षा कार्यक्रममा महिलाहरुलाई कानुन, महिला हरुका हक र अधिकार आदिको बारेमा बेलाडाँडीका महिलाहरुलाई प्रशिक्षीत गर्नुभयो । बेलडाडीमा प्राय दलीत तथा अति गरिब बालबालीका हरु पढ्ने उहाँको घर नजिकैको स्कुल कंञ्चन आधारभुत विद्यालय स्थापनामा पनि उहाँको योगदान रहेको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई पढाई प्रती हौसला बढाउने तथा अति बिपन्न परिवारमा केही राहत होस भन्ने मनशायका साथ बेलालेलामा अध्ययन सामाग्री, विद्यालय पोषाक, खेलकुद सामाग्री आदि बितरण गर्दै आईरहनुभएको छ साथै उक्त बिद्यालयको भौतिक पुर्वाधार विकासका लागी सरकारी तथा गैर सरकारी संघ संस्थाहरु संग पहल समेत गर्दै आईरहनुभएको छ । दैजी बेलडाडी सडकखण्डको निर्माणका लागी गठन गरिएको संघर्ष समितिमा रहि सक्रीय सहभागीता जनाउनुभएको छ ।

तत्कालीन बेलडाँडी नगरपालीकाकोे सर्वदलीय समितिमा नेपाली कांग्रेसको प्रतिनिधी भई नेपाली कांग्रेस, बेलडाडीको नेतृत्वको सफल भुमिका निर्वाह गरी आप्mनो ठाँउको विकास र समृद्धिको लागी केही महत्वपुण कार्यहरु जस्तै ईलाका प्रहरी कार्यालय नीर्माणमा संयोजकको भुमिकामा रहि अतिक्रमीत भुमिलाई सहज ढंगले खाली गराई उक्त भुमीमा हालको ईलाका प्रहरी कार्यालय निर्माण भएको छ । नेपाली कांग्रेसको भात्री संगठन नेपाल महिला संघलाई बेलडाँडीमा बिस्तार गरि महिलाहरुमा राजनीतीक चेतानाको विकास गर्ने कार्यमा उहाँको महत्वपुर्ण योगदान रहेको छ । लामो समय नेपाली कांगे्रसको सकृय राजनितीमा अग्रसर उहाँ राजनितिमा अनुभव लिदै समाज र संगठनमा योगदान दिदै अगाडि बढ्नुपर्दछ भन्ने कुरामा विश्वास राख्नुहुन्छ । नेपाली कांगे्रसको १२ औं महाधिवेशनमा जील्ला सदस्यमा निर्वाचित राधिका देवी जोशी १४ औं महाधिवेशनमा केन्द्रिय महाधिवेशन पर्तिनिधीको उम्मेद्वार हुनुहन्छ । साथै पार्टीमा नयाँ पिडीलाई अवसर दिने मनशायका साथ १४ औं महाधिवेशन आफ्नालागी अन्तीम महाधिवेशन हुने र आगामी ५ वर्षपछी आफुले सकृय राजनीतीबाट बिदा लिने कुरा प्रतीबद्धता जनाउनु भएको छ । राजनिति कमाईखाने भाडो बनेको वर्तमान परिपे्रक्षमा सेवा र समर्पण भावका साथ जीवनभर राजनिति गरेकी राधिका देवी जोशी नयाँपुस्ताका लागी प्रेरणाको स्रोत हुनुहुन्छ ।






