रेडियो स्रोता समूहद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा धामी प्रथम


कञ्चनपुर : कृष्णपुर नगरपालिका १ स्थित राष्ट्रिय माविमा गरिएको वक्तृत्कला प्रतियोगितामा पुष्पा धामी प्रथम हुनुभएको छ । न्यू संकल्प रेडियो स्रोता समूहले आयोजना गरेको “कोरोना महामारीले बालबालिकामा पारेको असर” विषयक वक्तृत्कला प्रतियोगितामा कक्षा १२ की छात्रा धामी प्रथम हुनुभएको हो । प्रतियोगितामा कक्षा ९ की छात्रा डम्मरी पन्त द्वितीय, कक्षा ९ की छात्रा विस्ना साउँद तृतीय घोषित हुनुभएको छ । यस्तै कक्षा १२ मा अध्ययनरत छात्रा तारा कुवँरलाई सान्त्वना पुस्कार प्रदान गरिएको छ । प्रतियोगितामा ४ छात्र र ८ छात्रा गरी १२ जनाले सहभागीता जनाएका थिए ।

No description available.

कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा माननीय कमल बहादुर क्षेत्रीले यस्ता कार्यक्रमले बालबालिकालाई बोल्ने बानीको तथा बौद्धिकस्तरको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले हरेक व्यक्तिमा भिन्न खालका क्षमता हुने भएकाले त्यसलाई बाहिर ल्याउनका लागि रेडियो समूहले चालेको कदम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता खालका कार्यक्रमको निरन्तरताका लागि आयोजकलाई आग्रह गर्दै पारस्परिक जवाफदेहिता परियोजनालाई धन्यदाव दिनुभएको थियो । कोरोनाका कारण दुईवर्षदेखि विद्यालयमा कुनैपनि खालको अतिरिक्त क्रियाकलाप हुन नसकेको अवस्थामा रेडियो स्रोता समूहले त्यो अवसर जुटाएको विद्यालयकातर्फबाट निर्णायक मण्डलका सदस्य शिक्षक गणेश प्रसाद शर्माले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

No description available.

यस्तै कार्यक्रमको समापनमा बोल्दै न्यू संकल्प रेडियो स्रोता समूहका अध्यक्ष विक्रम बुढाले छोटो समयमा आयोजना गरिएको प्रतियोगितामा सहभागीता जनाएकोमा सहभागीहरुलाई धन्यवाद दिदै बालबालिकामा बोल्ने बानीको विकास गर्नकै लागि आफूहरुले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि आफूहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु बताउनुभयो । कार्यक्रममा स्रोता समूहका सहजकर्ता लक्ष्मी चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने परियोजनाका बारेमा संजिवनी नेपालका कार्यक्रम अधिकृत शिवराज पनेरुले जानकारी गराउनुभएको थियो ।


ताजा समाचार

spot_img