कैलाली ,

बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रवद्र्धन परियोजना अन्तर्गत ३ महिने जुनियर विल्डीङ्ग इलेक्ट्रीसियन तालिमको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा विट्रीश काउन्सीलको व्यवस्थापन र टिभीईटी प्रयाक्टीकल पाटर्नरसिपको सहकार्य तथा निड्स नेपालद्वारा संचालित ३ महिने जुनियर विल्डीङ्ग इलेक्ट्रीशियनको तालिम युवाहरुको क्षमता वृद्धि गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बताउनु भएको छ। उनले भने’ जसले गर्दा देशमै रोजगारीको व्यवस्था होस् ।’

निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा गौरी गंगा नगरपालिका कैलाली वडा नं. ५ का अध्यक्ष जंग बहादुर विकको प्रमुख आतिथ्यमा रहेको थियो ।






