कञ्चनपुरको पुनर्वासमा दोधा नदीका कारण ढुवानमा परेका ८५ घरधुरीलाई अमर बिष्टको ब्यक्तिगत सहायोग

खाद्यान्न सामाग्री बितरण, खाद्यान्न पाएपछी घर डुबानमा परेका पिढीतहरु निकै खुशी

कञ्चनपुर: कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा बाढी पिडितलाई राहत सामाग्री बितरण गरेका छन । जिल्लाको पुनर्वास नगरपालकिा र सुदूरपश्चिम राजधानी धनगढी जोड्ने दोधा नादीमा गत २०७८ भदौ ११ गते आएको बाढीका कारण पुनर्वास नगरपालिका ५ सिमरी गाउँका ८५ घर बिचल्लीमा परेका थिए । घर डुबानमा परी भण्डारण गरेर राखेको खाद्यान्न बाढीले बगाएकाले आजाभोली खानाको जोहो गर्न धौ धौ भईरहेका बेला बिजय गालिल युवा समुहको सहाकार्य र कर्णाली प्रदेशको जुम्ला जिल्ला हाल काठमण्डौ निवासी अमर  बिष्टको ब्यक्तिगत सहायोगमा बाढी पिढित ८५ घरधुरीलाई दुई लाख बराबरको चामल,दाल तेल, सोयबिन,नुन साबुन ईत्यादी खाद्यान्न सामाग्री वितरण गरेका थिए। खाद्यान्न पाएपछी घर डुबानमा परेका पिढीतहरु खुशी भएका छन ।

बाढीको समय स्थानिय सरकारले केही दिन खानाको बन्दोबस्त गरेपनि हाल भोकमरीको चिन्तामा बाँचिरहेका बाढी पिडितलाई यतिखेरा स्थानिय सरकारले समेत बेवास्ता गरेको बाढी पिढीतहरुले गुनासो गरे। बिभिन्न संघ सस्थाहरुले केही स्वास्थ्य सामाग्री उपलब्ध गराएपनि प्रत्येक घरधुरीका लागि खाद्यना सहायोग भने पहिलो पटक भएको बिपत ब्यवस्थापन समितिका अध्यक्ष तिर्थलाल रानाले बताउनुभयो । बिभिन्न संघसँस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेता पनि खाद्यान्न सहयोग भने पहिलो पटक प्राप्त भएको बताउदै उनीहरुले सहयोग दाता अमर बिष्टलाई धन्यबाद दिदै सिमरी राना थारु भलमन्सा राधेश्याम रानाले भगवानकाृे सँज्ञा दिएका थिए ।
राज्यबाट उपेक्षित गरिएका राना थारु बस्तीमा बिपत आई महिना दिन बितिसक्दा पनि स्थानिय सरकारले खाद्यान्न सहयोग तथा पुनस्र्थापन गर्न नसकेको अवस्थामा अपरिचित टाढाको मान्छेले सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै सरकारले यथाशिघ्र आफुहरुको पुनस्र्थापना गर्नुपर्ने राना धारु उत्थान सामन्वयन मञ्च पुनर्वासका अध्यक्ष धोके रानाले सरकारलाई अनुरोध गरेका थिए। दिन दुखी , अप्ठयरोमा परेका मानिसहरु  माझ सहायोग गर्न पाउनु निकैनै खुशीको कुरा हो त्यसैले आगामी दिनहरुमा पनि बिपत र जोखिममा परेका समुदाय माझ आफुले सक्दो सहायोग गर्ने मनकारी  बिष्टले बताउनु भयो । जुम्ला जिल्लाका अमर बिष्टले बिभिन्न समयमा अप्ठेरोमा परेका ब्यक्तीहरुको उद्धार तथा सहयोग गर्दै आएका छन । ब्यक्ति र संघ सस्थाहरुबाट बाढी पिढितका लागि  सहायोग प्राप्त भई रहन्दा बाढी प्रभावित क्षेत्रका नागरिकहरुको जिउधनको सुराक्षर्थ पुर्नस्थपना वा जोखिम मुक्त बस्ती निर्माणका लागि नेपाल सरकारको ध्यान जना जरुरी देखिन्छ ।

ताजा समाचार

spot_img