कञ्चनपुर: सञ्जिवनी नेपालले स्थानीय जनप्रतिनिधी र नागरिक समाजविच नागरिक सरोकारवाला विषयमा छलफल गरेको छ । बुधबार सञ्जिवनी नेपालले नागरिक सरोकारवाका विषयमा भीमदत्त नगरका जनप्रतिनिधी र नागरिक समाजविच छलफल गरेको हो । नागरिक जवाफदेहिता परियोजना अन्र्तरगत जनप्रतिनिधीलाई नागरिक सरोकारका विषय जिम्मेबार बनाउने उदेश्यका साथ छलफल गरिएको छ ।

संञ्जिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले संविधान प्रदत नागरिकका आधारभूत हक अधिकारका लागि जनप्रतिनिधीले गम्भिरता देखाउनुपर्नेम जोडदिदै त्यसमा नागरिक समाजको समेत जनप्रतिनिधी घचघच्याउने भूमिका हुने बताईन । कार्यक्रममा नागरिक समाजले जनप्रतिनिधीले नागरिकका हक अधिकारका विषयमा गम्भिर हुनुपर्नेमा सुझाव दिएका छन । भने जनप्रतिनिधीले समेत नागरिक सरोकारका विषयमा सजक भएको बताएका छन ।

भीमदत्त नगरकी उप प्रमुख शुशिला सिहले स्थानीय सरकारले नागरिक विषयमा चासो दिएको बताईन । संञ्जिवनी नेपालका जिल्ला कार्यक्रम संयोजक शिवराज पनेरुले संचालन गरेको कार्यक्रम स्थानीय जनप्रतिनिधी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

