एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु

कञ्चपुर: एम्बुलेन्सले साईकल यात्रीलाई ठक्कर दिदा कैलाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ बालुवा नालास्थित सडकमा म.१ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिदाँ साईकलयात्री सोही नगरपालिका चिनिमिल बस्ने ४५ वर्षीय कृष्ण ऐरको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार