रकम अशुलेको आरोपमा प्रक्राउ परेका दुई जनालाई म्याद थप गरि अनुसन्धान हुदैं

महेन्द्रनगर : नाईस टेलिभिजनको पत्रकारभन्दै व्यापारीबाट रकम अशुलेको आरोपमा प्रक्राउ परेका दुई जनालाई म्याद थप गरि अनुसन्धान बढाएको छ । हिजो बेलुका महेन्द्रनगरबाट प्रक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले म्याद थप गरी कारवाहि प्रकृया अघि बढाएको हो । ‘आज म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौँ’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए । जिल्ला प्रहरी कार्यालयले उनीहरु माथि अपराधिक लाभ ऐन अन्तरगत मुद्धा चलाउने भएको छ । बुधबार बेलुका नाईस टेलिभिजनका कैलाली संवाददाता गोविन्द विसी र सन्तोष भट्टलाई महेन्द्रनगरबाट अबैधरुपमा रकम अशुलेको आरोपमा प्रक्राउ गरेको थियो ।

भीमदत्त नगरपालिका महेन्द्रनगर बजारको गल्ली नम्बर ४ स्थीत साई मोवाईल केयरबाट विसी र भट्टले दुई मोवाईल पावर र्बैकसहित नगद २५ हजार अशुलेको आरोप छ । सुरुमा व्यपारी बनेर आएका उनीहरुले पसल दर्ता भए/नभएको भएको भन्दै साई मोबाईलका संञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर रकम असुलेका थिए । दुई लाख रुपयाँ माग गरेका उनीहरुले २५ हजार रुपयाँ सहमती गरेका थिए । थप अन्य सहयोग गर्न भन्दै उनीहरुले दुई ओटा पावर र्बैक समेत लिएर गएका थिए । मोवाईल पसल संञ्चालक श्रीवास्तवको जाहेरीको आधारमा उनीहरुलाई प्रक्राउ गरेको हो । श्रीवास्तव भारत बनवासा निवासी हुन । उनले कैलालीको सुख्खडकी भागरथी धामीसंग विवाह गरेका छन । महेन्द्रनगरमा संञ्चालित साई मोवाईल केयर उनकै श्रीमतीको नाममा २०७४ कार्तिक महिनामा भीमदत्त नगरपालिका र कर कार्यालयमा दर्ता छ । नाईस टेलीभिजनको पत्रकार विसीले कैलालीमा यसअघि पनि अबैधरुपमा रकम अशुलेको आरोप छ ।

ताजा समाचार