युवा नेता राजेन्द्र मल्ल काग्रेंस दोधारा चाँदनी सभापतिको दौडमा


दोधारा : काग्रेंसका युवा नेता राजेन्द्र मल्ल नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्य समिती सभापती पदमा आंकाक्षी देखिएका छन् । नेपाली काग्रेंस दोधारा चाँदनी नगर सचिव रहेका राजेन्द्र मल्ल १४ औं महाधिबेसनमा नगर सभापतिको यात्रा तय गरेका छन् । १३ औं महाधिवेशनमा नेपाली काग्रेंस दोधारा चाँदनी नगर सचिवमा निर्वाचित मल्लले आसन्न १४ औं महाधिवेशनका लागी दोधारा चाँदनी नगर सभापतिका यात्रा तय गरेका हुन । सामाजिक कार्यको लागी फुर्तिला नेता मल्ल सानै देखि काग्रेंसको राजनीतिमा होमिएका हुन् । उच्च शिक्षा हासिल गरेका नेता मल्ल केही वर्ष अघि नेपाल प्रहरी कार्यरत रहेका थिए । पारिवार देखिनै उनी काग्रेंसको राजनीतिमा जोडिएका हुन ।

बिभिन्न संघ–संस्थामा आबद्ध रहेर सामाजिक कार्यमा प्रखर देखिएका नेता राजेन्द्र मल्ल काग्रेंस युवा पंक्तीको साथ सर्मथन रहेको छ् । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा सभापती पदमा रहेर देश बिदेशबाट राहत संकलन गरि रेडक्रसको सेवा क्षेत्रमा रहेका गरिब, अपांग तथा कोरोना संक्रमणको सरकारले लगाएको लकडाउनमा चुल्हो जलाउन समस्या परेका बिपन्न परिवारलाई थुप्रै राहत बितरण गरेपछि नेता मल्लको चर्चा चुलिएको हो । नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्य समितिको सचिव पदमा रहेर पार्टीलाई एक ढिक्का बनाएर स्फुर्तरुपमा पार्टीलाई चलायमान बनाउ नेता मल्लको ठुलो योगदान रहेको पार्टी पंक्तीको भनाई छ् ।

सहमती प्रणालीबाट आफुलाई गरिमायमय पद सभापती पाए पार्टीलाई थप चलायमान बनाउने नेता राजेन्द्र मल्लले बताएका छन् । काग्रेंस भित्र रहेका गुट उपगुट अन्त्य गर्दै दोधारा चाँदनी नगरपालिकामा काग्रेंसलाई एक ढिक्का बनाएर अघि बढ्ने उनको योजना छ् । ‘दोधारा चाँदनी नगर क्षेत्रमा काग्रेंसलाई पुर्ण लोकतान्त्रिक नेता कार्यकर्ता र जनताको लोकप्रिय पार्टी बनाउछु’ नेता राजेन्द्र मल्लले भने– ‘अहिले आफुलाई दोधारा चाँदनीमा नगर सभापती पदमा आफु योग्य ठानेको छु । त्यही भएर मेरो पनि सभापति पदको ईच्छा जाहेर गरेको हु ।, भावी निर्वाचनमा दोधारा चाँदनीमा काग्रेंसलाई जिताउछु ।’ नगर सभापती पदमा आफु चयन भए पार्टी भित्र सबैलाई मिलाएर लैजाने र पार्टीका सबै कार्यकर्ता तथा नेताहरुलाई जनताको भरोसाको केन्द्र बिन्दु बनाएर आगामी स्थानीय तह सहितका तिनै तहका निर्वाचनमा काग्रेंसलाई जिताउने उनले बताए ।


ताजा समाचार

spot_img