भीनपा–१५ मा एकदिने गड्यौला खेती कार्यक्रम सम्पन्न

कञ्चपुर: कञ्चपुरको भीनपा –१५ मा एक दिने गड्यौला खेती कार्यक्रम सम्पन्न भएको छ । युनडिपी र भीमदत्तनगरपालिको साझेदारी र निड्स नेपालको अयोजनामा भएको एकदिने गड्यौला खेती कार्यक्रममा २० जना वडा नं. १५, १८ र १९का स्थानिय कृर्षक सहभागी भएका थिए । उनीहरुलाई विहानको समयमा कसरी गर्ने र यसको फाइदको बारेमा बताइएको थियो भने दिउसो सबै सहभागीहरुको सहभागितामा प्रयोगात्मक तरिकाले बाँसको प्रयोग गरी गड्यौला उत्पादन गर्ने तरिका सिकाईको थियो । जुन २० जना सहभागीले आ–आफ्नो घरमा बनाउनु पर्नेछ ।

सहभागी स्थानिय कृषर्क अनिता चन्दले यस गड्यौला उत्पादनले घरमा रहेको फोहोरको सदुपयोग हुने र यस बाट कम्पोष्ट मल उत्पादन गरी आफुले लगाएको बोट विरुवामा प्रयोग गर्ने सकिने बताउनु भयो । प्रशिक्षक शंकर दत्त भट्टका अनुसार गड्यौला खेती जैविक मल उत्पादनको लागि एक दमै उपयुक्त रहेको छ । हाम्रो वरिपरि रहेको फोहरलाई कम्पोष्ट मल बनाई कृर्षि कार्यमा प्रयोग गर्न सकिन्छ भने फोहोर बाट मोहर बनाउने माध्यम पनि रहेको बताए ।

रसायनिक मलबाट माटोमा भएका जिव नष्ट हुदै गए जसले तरकारी खेती, बालीहरुलाई उत्पादन बढाउन मद्दत गर्ने गर्थे, रसायनिक मलको विकल्पमा गड्यौला खती गरी यस बाट बन्ने मल तरकारी र अन्न बालीहरुको लागि एक दम उपयुक्त हुनुको साथै यस प्रकारको मललाई बेचेर आम्दानिको स्रोत पनि बनाउन सकिने प्रशिक्षक भट्टले बताउुन भयो ।

ताजा समाचार

spot_img