कञ्चनपुर: जिल्लाको महेन्द्रनगरमा गैरसरकारी संस्थाहरुलाई पैरवी छमता अभिवृद्दि गर्नका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

युएसआइडी साझेदारी परियोजनाको कोभिड–१९ विरुद्ध स्थानिय तहको योजना तथा प्रतिकार्यमा सहयोग अभियान अन्र्तगत मंगलबार गैरसरकारी संस्थाका प्रतिनिधिहरु लाई एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्लाका रहेका गैरसरकारी संस्थालाई विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसको विषम परिस्थितिमा उत्पन्न भएका मुद्दाहरुलाई कसरी पैरवी गर्ने भन्नका लागि गैरसरकारी संस्थालाई त्यस सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ एक दिने तालिममा तथ्यमा आधारित जनवकालत कसरी गर्ने, जनवकालतको अवधारणा, जनवकालत किन? वकालत के हो ? भन्ने बारेमा प्रशिक्षण पारस गिरिले सहजीकरण गर्नु भएको थियो। भने उक्त कार्यक्रममा जिल्लाका १० वटा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।








