दोधारा : नेपाली कांग्रेस कञ्चनपुरका नेता पुष्कर दत्त जोशीले क्षेत्र नम्बर ३ को सभापति पदको लागि दाबी गरेका छन । झण्डै ३ दशक देखि कांग्रेस राजनीति क्षेत्रमा होमिएका नेता जोशी २०५४ सालमा साबिकको चाँदनी गाबिस वडा नं. ३ का निर्वाचित वडा सदस्य हुदै देश संघियता गएपछि दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का निर्वाचित वडा अध्यक्ष हुन् । नेता जोशी वडा तथा नगरको हरेक सामाजिक कार्यमा सहभागी हुदै आएका छन् ।

जोशीले नेपाली काग्रेंस क्षेत्र नम्वर नं. ३ को प्रदेश ‘ख’ को सभापतीका लागि आकांक्षा राखेका हुन । तत्कालिन नेपाली काग्रेेंसका चाँदनी गाबिसमा गाँउ सभापती समेत रहेका हुन् । २०४६ सालमा नेबी संघ हुदै २०५६ साल देखि काँग्रेसको क्रियाशिलता लिएका नेता जोशीले माबि तहका शिक्षा हासिल गरेका छन । नेपाली कांग्रेस कञ्चनपुरका नेता पुष्कर दत्त जोशीले क्षेत्रीय सभापति पदका लागि नेता कार्यकर्ताहरु संग भेटघाटमा जुटेका छन् । निर्वाचित वडा सदस्य, तरुण दल, नेबि संघ, विद्यालय व्यवस्थापन समिति देखि विभिन्न संघ–संस्थाको नेतृत्व पदाधिकारी हुदै दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का निर्वाचित वडा अध्यक्ष हुदै नेता जोशी अहिले क्षेत्रीय सभापतिको यात्रा तय गरेका छन् ।

जनप्रतिनिधी, विभिन्न समाजिक संघ संस्थामा आबद्ध रहेका उनले नेपाली काग्रेंसको १४ औं महाधिबेशनमा क्षेत्रीय सभापतिका लागी दौडधुप बढाएका छन् । नेपाली काग्रेंसमा आपसी मनमुटान, गुटबन्दीलाई अन्त्य गरि काग्रेंसलाई एक ढिक्का भएर लग्ने योजना अनुरुप क्षेत्र नम्बर ३ को सभापति पदको लागि दाबी गरेको नेपाली कांग्रेस कञ्चनपुरका नेता पुष्कर दत्त जोशीले बताएका छन् ।







