मानव बेचबिखन विरुद्ध दिवसको अवसरका दोधारा चाँदनीमा एक दिने अन्तरक्रिया सम्पन्न


दोधारा : मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध १५ औं राष्ट्रिय दिवसको अवसरमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालवालिका शाखा कार्यालयको आयोजनामा दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरमा एक दिने मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध अन्तरक्रिया सम्पन्न भएको आयोजक संस्था दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालवालिका शाखा कार्यालयले जनाएको छ् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख चिनी ओझा गिरी, वडा नं. ८ का वडा सदस्य जय बहादुर खड्का, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरी, अधिकारकर्मी खिमा चन्द, माईती नेपाल कञ्चनपुरका प्रतिनिधी मथुरा कुँवर, दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त, माईती नेपाल कञ्चनपुरको प्रतिनिधी, शान्ती पुर्नस्थापना गृहका प्रतिनिधी लगाएत अन्तरक्रियाका सहभागी रहेका थिए ।

मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध १५ औं राष्ट्रिय दिवसको अवसरमा एक दिने अन्तरक्रिया सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाले जनाएको छ् । मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अङ्ग भिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको कार्यक्रममा सहभागीहरुलाई जानकारी गराईएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले बताएका छन् ।


ताजा समाचार

spot_img