मोरङ: मोरङ प्रहरीले जबरजस्ती करणी मुद्दाका फारर प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका–५ टकुवा बस्ने ३२ वर्षीय दिपक दासलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका दासलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मोरङमा पेश गरिएको छ । अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

