बादीहरुको जग्गा छानबिन टोली बडवाल टोलमा पुग्यो


दोधारा : बडवाल टोलको बादी घरपरिवारको वास्तविक जग्गा पत्ता लगाउन दोधारा चाँदनी नगरपालिकाले गठन गरेको जग्गा छानबिन समितिको एक टोली बडवाल टोल पुगेको हो । बिगतका आफ्नो झण्डै ७ बिघाह जग्गा रहेको दाबी गदै आएको बादी परिवारले आफ्नो जग्गा पाँउ भनि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई अनुरोध गर्दै आएको छन् ।

No description available.

तत्कालिन माओबादी र नेपाल सरकारको द्धन्द्धको बेला नक्कली माओबादी बनेर आतंक मच्चाउदै आएका टोलीको आतंक सहन गर्न नसकेर घर जग्गा छोडर भारत पलाएन भएका बादी घरपरिवार केही महिना मात्रै आफ्नो छाडेर गएको जग्गा पाँउ भन्दै दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा सडक छेउमा पाल टाँगेर बसेका थिए । आफ्नो जग्गाको माँग राख्दै आएका बादी घरपरिवारहरुको माँगलाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिका कार्यालय कार्यपालिकाको बैठकले केही दिन अघि मात्रै वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको संयोजकत्वमा बादी घरपरिवारको जग्गा छानबिन समिती गठन गरेको थियो । छानबिन समितिले उनिहरुको बिगतका दिनहरुमा रहेको बास्तविक जग्गाको बारेमा छानबिन गरि प्रतिबेदन नगरपालिकालाई बुझाउने छ् ।

हिजो दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भक्त बहादुर सुनारको संयोजकत्वमा बडवाल टोल पुगेको जग्गा छानबिन टोलीमा वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. १ का वडाध्यक्ष अर्जुन दत्त भट्ट, कार्यपालिका सदस्य नन्दलाल सुनारले बादी घरिवार तथा स्थानियहरु संग भेट गरि प्रतिबेदन तयार पारेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा बादी घरपरिवार जग्गा छानबिन समितिका संयोजक भक्त बहादुर सुनारले बादी घरपरिवार तथा स्थाीनयहरु संग बादी परिवारले छाडिगएको जग्गाको बारेमा जानकारी लिएको बताएका छन् । ‘बादी घरपरिवारले बिगतका दिनहरुमा छाडिगएको भनिएको जग्गाको बिषयमा बादी घरपरिवार तथा स्थानियहरुको राय संकलन गरेका छौं’ दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा बादी घरपरिवार जग्गा छानबिन समितिका संयोजक भक्त बहादुर सुनारले भने– ‘प्रतिबेदन तयार पारेर एथासिघ्र नगरकार्यपालिकाको बैठकमा पेश गर्दै छौं ।’


ताजा समाचार

spot_img