दोधारा : मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध १५ औं राष्ट्रिय दिवसको पुर्वसन्ध्यामा दोधारा चाँदनीमा जोखिममा रहेका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले एक दिने अनुशिक्षण सम्पन्न गरेको छ् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका नेपाल–भारत सिमा बस्ती नजिकका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले कानुनी अनुशिक्षण गरेको हो । बडवाल टोल स्थित रहेको गणेश आधारभुत बिद्यालयको एक सभा कक्षमा संचालन भएको अनुशिक्षणमा जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले जानकारी दिएका छन् । गरिब तथा दलित बस्तीका कारण खुला सिमा हुदै उनिहरु भारतको बिभिन्न शहरमा ज्याला मजुरी गर्न जाने गरेको कारण मानव बेचबिखनको उच्च जाखिममा रहेको भन्दै बडवाल बस्तीका किशोरीहरुलाई अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले बताएका छन् ।

कार्यक्रममा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, सशस्त्र प्रहरी सिमा सुरक्षा बल दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरीका असई जनकराज जोशी, माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठित सुरक्षित संजालका संयोजक खिमा चन्द, नेपाल आदीबासी जनजाती महासंघ दोधारा चाँदनी नगर समन्वय परिषद्का सह–सचिव मुक्तीनाथ पुन मगर, माईती नेपाल कञ्चनपुरका मथुरा कुँवर लगाएत स्थानियबासी तथा किशोरीहरुको सहभागिता रहेको थियो । खुला सिमा तथा रोजगारीको लागी बडुवाल बस्तीका घरपरिवार भारत जाने र किशोरीहरु बेचबिखनको उच्च जोखिममा पर्न सक्ने हुदा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध १५ औं राष्ट्रिय दिवसको पुर्वसन्ध्यामा किशोरीहरुलाई अनुशिक्षण संचालन गरिएको माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठन भएको सुरक्षित संजालका संयोजक खिमा चन्दले बताएका छन् । उक्त स्थानमा बेचबिखन तथा महिला माथी बढी थिचोमिचोका घट्ना आउदै गर्दा माईती नेपालले महिला माथी हुने थिचोमिचो र बेचबिखन रोक्न किशोरीहरुलाई उक्त अनुशिक्षण संचालन गरेको बताईएको छ् । भारतको सिमा संग जोडिएको बस्ती र बलत्कार तथा बेचबिखनको घट्ना आईरहेको घट्ना आउदै गर्दा माईती नेपाल कञ्चनपुरले बडवाल टोल बस्तीमा २५ जना किशोरीहरुलाई सामाजिक दुरी संगै स्वास्थ्य मापदण्ड अपनाएर एक दिने अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अङ्ग भिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको कार्यक्रममा सहभागी किशोरीहरुलाई जानकारी गराईएको बताईएको छ् । अनुशिक्षणमा सहभागी श्रजना बादीले आफु सहभागी हुन पाएको खुशी ब्यक्त गरेका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी आम किशोरीलाई सचेत पार्नु अपरिहार्य भएकाले संचालन भएको अनुशिक्षण समय सान्द्रभिक रहेको श्रजना बादीले बताए । बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ भन्ने कार्यक्रममा सिकाई भएको अर्का सहभागी बिना बादीले बताएका छन् । अनुशिक्षणमा सहभागीहरु उत्सुकता साथ सहभागी भएका थिए । आगामी दिनहरुमा माईती नेपालले सामाजलाई सजग बनाउने यस्ता कार्यक्रम बस्तीमा संचालन गर्न समेत सहभागीहरुले माईती नेपाललाई आग्रह गरेका छन् । माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आइरहेको छ् ।







