दोधारा : महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन भोली बन्द हुने भएको छ् । पुल मर्मतका लागि दोधारा चाँदनी नगरपालिकाले पुलको आवागमन बन्द गर्ने भएको हो ।

भोली बिहान ११ देखि अपराह्न ३ बजे सम्म (४ घण्टा) का लागि पुल भएर आवागमन बन्द गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिए ।







