जनता समाजवादी पार्टी सुप प्रदेश अध्यक्षमा सोती


कञ्चनपुर, जनता समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा सिद्धराज सोती चयन भएका छन । बिहीबार धनगढीमा सम्पन्न भएको प्रदेश भेलाले अध्यक्षमा सोती चयन भएका हुन ।

जसपा कञ्चनपुरका युवा नेता लोक बहादुर बलायरले भेलाबाट सोतीलाई प्रदेश अध्यक्षमा सर्वसम्मत गरेको बताए । उपाध्यक्ष चन्द्र श्रेष्ठ, प्रेमराज गिरी, सिद्धराज पन्त, गोमती पुजारा, पुरन राना, मुख्य सचिवमा मञ्जु मण्डल, सचिव सरोज जोशी, अशोक सुनार, सिता कुमार चौधरी रहेका छन ।

केन्द्रीय सल्लाहकार डम्बर बहादुर रावतको अध्यक्षतामा कार्यक्रम भएको थियो । तर, केही जसपा नेताहरुले उक्त कार्यक्रम एक खेमाको मात्रै भएको बताएका छन ।


ताजा समाचार

spot_img