दोधारा : दोधारा चाँदनी नगरपालिका स्थित रहेको स्वास्थ्य चौकी चाँदनीलाई निड्स नेपालले कोरोना नियन्त्रण तथा रोकथामको लागी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ् । निड्स नेपाल र अक्सफाम नेपालको सहयोगमा दोधारा चाँदनी नगरपालिका स्थित रहेको स्वास्थ्य चौकी चाँदनीलाई झण्डै रु. २ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । आज एक कार्यक्रमको बिच स्वास्थ्य चौकी चाँदनीलाई फोहर संकलन भाडा, पिपिई सेट, सेनिटाईजर, हेण्डवास, ग्लबस लगाएत सामग्री गरि झण्डै रु. २ लाख बराबर मुल्यको स्वास्थ्य सामग्री उपलब्ध गराएको वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

कारोना नियन्त्रण तथा रोकथामको लागी दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सबै भन्दा बढी सहयोग निड्स नेपालले गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बिगतका दिनहरु देखि कोरोना संक्रमण रोक्न निड्स नेपालले दोधारा चाँदनी नगरपालिकालाई गर्दै आएको सहयोग उल्लेखनिय रहेको बताएका छन् । कोरोना संक्रमणको पहिलो लहर देखि हाल सम्म निड्स नेपालले दोधारा चाँदनी नगरपालिकाका स्थानियहरुको स्वास्थ्यमा ख्याल राख्दै बिभिन्न प्रकारले सघाउदै आएको भन्दै निड्स नेपाल लगाएत उनका दातृ संस्थालाई समेत वडा अध्यक्ष सुनारले धन्यबाद दिएका छन् । दोधारा चाँदनी नगरपालिकालाई सबै भन्दा बढी बिभिन्न प्रकारले सहयोग गर्ने संस्थाकोरुपमा निड्स नेपाल परिचित रहदै आएको र नगरपालिकाको समृद्धि तथा बिकासमा निड्स नेपालको योगदान उल्लेखनिय रहदै आएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

निड्स नेपाल कञ्चनपुरका फिल्ड अफिसर शुनिल सेठ्ठीले संस्थाको ईपीएचआई कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी चाँदनीलाई उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको बताएका छन् । ‘ईपीएचआई कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी चाँदनीलाई स्वास्थ्य सामग्री सहयोग गरेका हौं’ निड्स नेपालका फिल्ड अफिसर शुनिल सेठ्ठीले भने । स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्न समेत स्वास्थ्य चौकी चाँदनीलाई निड्स नेपालका फिल्ड अफिसर शुनिल सेठ्ठीले अनुरोध गरेका छन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, निड्स नेपाल कञ्चनपुरका फिल्ड अफिसर शुनिल सेठ्ठी, स्वास्थ्य चौकी चाँदनीमा कार्यालय प्रमुख डिलाराम भट्ट लगाएत स्वास्थ्यकर्मीको उपस्थिती रहेका थिए ।







