कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्ला अदालत बाट कसुरदार ठहराई सजाय तोकिए पछि फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्ला अदालतले २०७७ माघ १९ गते बेलौरी नगरपालिका– ३ बस्ने सुरेन्द्र सुनारलाई सवारी ज्यान मुद्दामा २७ दिन कैद भुक्तानी गर्ने फैसला सुनावाई गरेको थियो । त्यसैगरी २०७६ असार ४ गते भीमदत्त नगरपालिका–६ बस्ने बिनोद दमाईलाई चोरी मुद्दामा ६ महीना कैद सजाय सुनाएको थियो तर उनीहरु दुवै सजाय भुत्तान गर्नुको साटो लुकीछिपी बस्दै आएका थिए ।

निज दुवैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी अदालतबाट कैदी पुर्जी जारी गरी कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

