दोधारा चाँदनीमा बढ्यो कांग्रेसको चुनावी सरगर्मी : मल्ल र सिजाली नगर सभापतीको चर्चामा


‘देशभरीमा युवाको नेतृत्व र नेतृत्व परिवर्तनको आवाज उठिरहेको बेला दोधारा चाँदनी नगर क्षेत्रमा समेत यस पटक युवाहरुले नेतृत्व लिने सक्ने प्रवल सम्भावना रहेको छ् । बिगतका दिनहरु भन्दा यस पटक युवा पंक्तीहरु हरेक पदमा दाबेदारी देखिएको छ् । नेतृत्व सम्हाल्न यस पटक नयाँ अनुहारहरु देखा पर्न थालेका छन् । नेपाली काग्रेंसको नगर कार्य समितिका सभापती पद लगाएत अन्य पदमा अहिले आएरबढी नयाँ अनुहारहरु देखा परेका छन् । देश र पार्टिलाई नयाँ ढंगबाट अघि बढाउन लागि अबका दिनहरुमा युवा नेतृत्वको बिकल्प नभएको युवाहरुले बताउदै आएका छन् । वडा सभापती र प्रमुख पदहरुमा नयाँ अनुहरुको दाबी बढी देखिन्छ् । नेपाली काग्रेंस दोधारा चाँदनीको नगर सभापती लगाएत अन्य पदका लागी आकांक्ष्ँीको कमी छैन् । अहिले दिल बहादुर सिजाली र राजेन्द्र मल्लको नाउ नगर सभापती पदमा चर्चामा चुलिएको छ् । दिल बहादुर सिजाली दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता रहेका छन् । यस्तै राजेन्द्र मल्ल नेपाली काग्रेंस नगर सचिव रहदै आएका छन् । दुबै जना पार्टी भित्र सबैले रुचाएका ब्यक्ती हुन् । यस्तै रामकृष्ण जोशी, नाफु सिंह साँउद, पुष्कर दत्त जोशी लगाएत नेताहरु समेत नगर सभापती पदको लागी सशक्त दाबेदार रहेका छन् । सबैको पार्टी भित्र राम्रै योगदान रहेका ब्यक्तीहरु हुन्’ ।

 दोधारा : यति बेला नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेसनको सरगर्मी बढेको छ् । गाँउ देखि केन्द्र सम्म महाधिवेसनको कारणले कांग्रेस भित्र नयाँ तरंग पैदा भईरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समेत नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेसनको सरगर्मी बढेको देखिएको छ् । नेपाली काग्रेंसका नेता तथा कार्यकर्ता भेटघाट तथा छलफल बढाउदै लगेका छन् । आउदो १८ गते नेपाली काग्रेंसको नयाँ नेतृत्वको चयनमा नेपाली काग्रेंस भित्र ब्यापक चहल पहल बढेर गएको छ् । दोधारा चाँदनी नगरपालिकाका केही वडामा सहमती भएको खबर आईरहेको छ् भने कतिपय वडाहरुमा सहमती नभईसकेको अवस्था छ् । वडामा सहमतीको लागी काग्रेंसका नेताहरु लागी परेका छन् । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेसनको पुर्व सन्ध्यामा दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसको नगर सभापती को हुने, वडा देखि नगर सम्म कस्तो टिम आउने भन्ने बिषय बहस बनेको छ् । नेपाली काग्रेंसका अगुवा नेताहरुले सबै कुरा सहमती भएर अघि जाने सल्लाह दिदै आएका छन् ।

महाधिबेसनको पुर्व सन्ध्यामा केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिकामा आफ्ना कार्यकर्ता भेट्न पुगेको नेपाली काग्रेंसका प्रभावशाली नेता तथा पुर्व मन्त्री रमेश लेखकले सहमतीको आधारमा महाधिबेसन सम्पन्न गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए । देशभरीमा युवाको नेतृत्व र नेतृत्व परिवर्तनको आवाज उठिरहेको बेला दोधारा चाँदनी नगर क्षेत्रमा समेत यस पटक युवाहरुले नेतृत्व लिने सक्ने प्रवल सम्भावना रहेको छ् । बिगतका दिनहरु भन्दा यस पटक युवा पंक्तीहरु हरेक पदमा दाबेदारी देखिएको छ् । नेतृत्व सम्हाल्न यस पटक नयाँ अनुहारहरु देखा पर्न थालेका छन् । नेपाली काग्रेंसको नगर कार्य समितिका सभापती पद लगाएत अन्य पदमा अहिले आएर बढी नयाँ अनुहारहरु देखा परेका छन् । देश र पार्टिलाई नयाँ ढंगबाट अघि बढाउन लागि अबका दिनहरुमा युवा नेतृत्वको बिकल्प नभएको युवाहरुले बताउदै आएका छन् । वडा सभापती र प्रमुख पदहरुमा नयाँ अनुहरुको दाबी बढी देखिन्छ् । नेपाली काग्रेंस दोधारा चाँदनीको नगर सभापती लगाएत अन्य पदका लागी आकांक्ष्ँीको कमी छैन् । अहिले दिल बहादुर सिजाली र राजेन्द्र मल्लको नाउ नगर सभापती पदमा चर्चामा चुलिएको छ् ।

दिल बहादुर सिजाली दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता हुन् । यस्तै राजेन्द्र मल्ल नेपाली काग्रेंस नगर सचिव रहदै आएका छन् । दुबै जनालाई पार्टी भित्र सबैले रुचाएका ब्यक्ती हुन् । यस्तै रामकृष्ण जोशी, नाफु सिंह साँउद, पुष्कर दत्त जोशी लगाएत नेताहरु समेत नगर सभापती पदको लागी सशक्त दाबेदार रहेका छन् । सबै पार्टी भित्र राम्रै योगदान रहेका ब्यक्तीहरु हुन् । वडा देखि क्षेत्रिय प्रतिनिधी र नगर कार्यसमिति सम्म यसपटक भने नयाँ पुस्ता आउन सक्ने प्रवल आंकलन गरिएको छ् । नजिकिदै गएको १४ औं महाधिबेसनमा नेतृत्व पंक्तीले सहमतीबाट महाधिबेसन सम्पन्न गर्ने चाँजोपाँजो मिलाउनैमै ब्यस्त छ् । पार्टीलाई नयाँ तवरले हाक्ने प्रकारको टिम आउने काग्रेंसका नेताहरुले अपेक्षा राखेका छन् ।

कतिपय वडाहरुमा सहमती बनिसकेको छ भने केही वडाहरुमा सहमती गर्न बाँकी रहेका वडाहरुमा वडा समिति र क्षेत्रिय प्रतिनिधी छनौट कार्यलाई सहमतीबाट ल्याउने कार्यहरु भईरहेको काग्रेंसका नेताहरुले बताएका छन् । आफ्नो राजनीतिक जिवनमा नेपाली कांग्रेस र सिंगो समाजका लागि महत्त्वपुर्ण योगदान दिईरहेका काग्रेंसका सशक्त नेताहरु समेत दाबेदारी दिदै आएका छन् । पार्टी भित्र पनि गुट उपगुट भएपनि अधिवेशनमा हामी एक भएर जाने एक पदका लागी बढी उम्मेदवार भएपनि सहमती गरेर सर्वसम्मती रुपमै नेतृत्व चयन गर्ने पक्षमा रहेको सभापती पदका अकांक्षी उम्मेदवारको भनाई रहेको छ् । यस पटकको दोधारा चाँदनीमा नेपाली कांग्रेसको अधिवेशन बिबादरहित हुने नेताहरुले बताएका छन् ।


ताजा समाचार

spot_img