दोधारा : राष्ट्रिय प्रजातन्त्र पार्टीले दोधारा चाँदनीमा आफ्नो सम्पर्क कार्यालय खोलेको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोधारा चाँदनी नगरपालिका वडा नं. ६ संचारचोक (एनटिसी टावर नजिक) सम्पर्क कार्यालयको आज उद्धघाटन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका नगर सचिव रुद्र बहादुर दर्लामीले जानकारी दिएका छन् । उद्धघाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पुर्व माननिय ईन्द्र बहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य शान्ती माया सुनुवार, राप्रपा जिल्ला सदस्य भगिरथ भट्ट, राप्रपा ट्रेडयुनियनका केन्द्रिय सदस्य तमान सिंह गुरुङ्ग, राप्रपा नगर अध्यक्ष बिर बहादुर शाहा, नगर सदस्य रत्न बहादुर बडवाल, नगर सचिव रुद्र बहादुर दर्लामी रहेका थिए ।


देशको माटोबाट जन्मेको राष्ट्रिय प्रजातन्त्र पार्टीको निति तथा सिद्धान्त राष्ट्र जोगाउने बुटि भएकोले सबैले साथ दिनु पर्नेमा जोड दिनु पर्ने कार्यक्रममा बताईएको छ् । बर्तमान राजनितिक तरलता भएको अवस्थामा देश र जनताको हित गर्ने एक मात्रै पार्टी राप्रपा रहेको हुदा राप्रपालाई सबैले माया गरि बलियो बनाउनु पर्ने अहिलेको अपरिहार्य रहेको बताईएको छ् । दोधारा चाँदनी नगर क्षेत्रमा संगठन बिस्तार र बैठक तथा पार्टीको सबै प्रकारको कार्यको लागी कार्यालय हुन आवश्यक रहेको महशुस भएको कारण पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको राप्रपा नगर अध्यक्ष बिर बहादुर शाहाले बताएका छन् । बदलिदो राजनितिक परिस्थती र आउदै गरेको निर्वाचनलाई मध्यनजर राखदै कार्यालय स्थापना गरि बिभिन्न पार्टीका गतिबिधी संचालन हुने बताईएको छ् ।







