कञ्चनपुर : आज देशभरका कृष्ण मन्दिरमा धुमधामका साथ पुजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाईएको छ । हरेक वर्ष जस्तै विहान देखि नै कृष्ण मन्दीरहरुमा भजन कृतन हुनुको साथै भगवान श्रीकृष्णको पुजा गर्न भक्तजनहरुको घुईचो लागेको देखिन्थ्यो । भक्तजनहरु श्रीकृष्ण प्रतिमाको एक झलक पाउन आफ्नो पालो कुरेर बसेको देख्न सकिन्थ्यो भने एक थरिका भक्तालु हरे कृष्ण हरे हरे, हरे राधे हरे हरे भन्दै भजन गाउनमा वस्त देखिन्थे ।

आज श्रीकृष्ण जन्मष्टामीको उपलक्ष्यमा मनकारी मनहरुले बालअनाथालय र वृद्धआश्रम खाना खुवाउने कपडा दान दिने जस्ता कार्यक्रम गरेका छन भने विभिन्न धार्मिक आश्रम र घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरुपमा सिँगारेका देखिन्थे जसले राधाकृष्णको झलक दिएको हुन्थ्यो । आजकै दिनलाई शुभ मानेर विभिन्न व्यपारीक संस्था, भवन, उद्दघाटन देखि लिएर शिलान्यास समेत गरेका छान् ।

विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म द्ववापरयुगमा भाद्रकृष्ण अष्टीको मध्य रातमा भएको विश्वास मानिन्छ त्यसैले आजराती मध्यरात १२ बजे सम्म भजन किर्तन गर्ने गर्दछन् । कोभिड–१९ले गर्दा गत वर्ष जस्तो हर्ष उल्लास भने देखिएको थिएन् जिल्ला प्रशासनको अनुरोध सबैले पालना गरेको देखिन्थ्यो । जसले गर्दा सबै भक्तालुहरु आफ्नो पालो र भिडभाड नगरी पुजा गरिरहेका थिए भने धेरै जसोले ब्रत बसी घरमै पुजा पाठ गरेका छन् ।नेपाल सरकारले श्रीकृष्ण जन्माष्टमीको दिन विगतका वर्षहरुमा सार्वजनिक विदा काटेको थियो भने यस वर्ष देखि पुनः दिन थालेको छ ।

