प्रदेश सरकारका प्रत्येक आयोजनाहरुले युवाहरुलाई रोजगारी सँग जोड्नु पर्ने : मुख्यमन्त्रि भट्ट

धिरेन्द्र सिंह धामी/कञ्चनपुर : सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रि त्रिलोचन भट्टले प्रदेश सरकारका प्रत्येक आयोजनाहरुले युवाहरुलाई रोजगारी सँग जोड्नु पर्ने बताएका छन् । आफू पनि गरीव र दैनिक कामगरी जिविको पार्जन गर्ने वर्गको प्रतिनिधित्व गर्ने भएकोले आफ्नो कार्यकालमा वढी भन्दा वढी बेरोजगार र विपन्न वर्गले रोजगारी पाउन भन्ने आफ्नो इच्छा रहेको उनको भनाइ रहेको छ ।

कोरोना माहामारीले रोजगारी गुमाएका युवाहरुले आफ्नै ठाँउमा रोजगारी पाउन भन्ने हेतुले प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको समेत उनले वताए । मुख्यमन्त्रि भट्टले प्रदेश भित्रका बेरोजगार युवाहरुलाई लक्षित गरी प्रदेश सरकारले मुख्यमन्त्रि कृषि कार्यक्रम अगाडी सारेको र यस कार्यक्रम अन्तर्गत ६० हजार युवा किसानहरु लाभान्वित भएको समेत उनले बताए ।

ताजा समाचार