गौरा पर्वको प्रमुख दिन, हर्षोल्लसका साथ अठपाली मनाइयो

कञ्चनपुर : सुदूरपश्चिमेली जनताहरुको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । अष्टमीको दिनमा अठवाली मनाइन्छ भने यस दिनलाइ गौराको प्रमुख दिन अर्थात बिशेष दिनको रुपमा लिइने गरिन्छ । अठवालीमा गौरा सम्बन्धी बिभिन्न गीतहरु गाउदै फल फटकाउने दुबधागो फेर्ने र बिरुडाले आफन्त र मान्यजनहरुको पुजा गर्ने प्रचलन रहेको छ । बिरुडा पञ्चमिको दिनमा भिजाएको बिरुडा अर्थात पन्चा अन्न जुन गत, मास, गुरास, केराउ, गौ मिसाएर बनाएइको हुने गर्दछ अठवालीको दिनमा यसलाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन रहेको छ । अष्टमीको दिनमा हल्लोरी वाला हल्लोरी जस्ता गीतहरु गाएर गौरालाइ टाउकोमा राखेर नचाउने समेत गरिन्छ ।

फोटो : साभार

परापुर्बकालमा पार्वती अर्थात गौरीले शिव प्राप्तीका लागि ब्रत बसेको सम्झनामा गौरा देबिको पुजन गर्न थालिएको र गौरा पर्वको शुरुवात भएको धार्मीक मान्यता रहीआएको छ । गौरामा खासगरी महिलाहरुले ब्रत बसेर पुजा गर्ने र दुबिधागो फेर्ने प्रचलन रहेको छ । गौराको पूजा गर्नाले सौभाग्य र सन्तान प्राप्त हुने मान्यता रही आएको छ । परंपरागत रुपमा आफुहरुले मनाइरहेको र्गौरा पर्वलाइ निरन्तर र बिधिवत रुपमा मनाइरहेको स्थानिय महिलाहरुको भनाइ रहेको छ । गौरा पर्व मनाउनाले धन लाभ पुत्र लाभ सुख शान्ती र समृद्धि हासिल हुने स्थानिय महिलाहरुको भनाइ रहेको छ । कोरोना संक्रमण जस्ता रोगहरु पनि यसले निको गर्ने भएकाले आफुहरु गौरा पर्व मनाइरहेको उहाहरुको भनाइ रहेको छ ।

संस्कृति जर्गेनाका लागि समेत यसको निरन्तरता महत्वपुर्ण हुने उहाहरुको भनाइ रहेको छ । कोरोना संक्रमणले भने गौरा पर्वलाइ केही प्रभावित बनाएको छ । कोरोना संक्रमणका कारण ढुस्को धुमारी डेउडा लगायतका खेलहरु हुन सकेका छैनन भने गौरा पर्व भैरहेका स्थालहरुमा समेत न्युन उपस्थिती रहेको छ । संक्रमणको जोखिमलाइ ध्यानमा राख्दै थोरै संख्या मात्र गौरा पर्वमा उपस्थित हुन दिइएको छ ।

ताजा समाचार